लहान ११, वैशाख । सिरहाको लहान नगरपालिका वडा नं.– ३ स्थित रहेको कामना नर्सिङ्ग होम प्रा.लि.ले एक पिडित परिवारलाई सहयोग गरिरहेको छ । धनगढीमाई नगरपालिका वडा नं.– ५ तैतिसबिग्हा बस्ने एकल महिला अन्दाजी बर्ष २४ कि पलास यादवको उपचारमा सहयोग गरिरहेको हो ।
यादव करिब (साढे सात) महिनाकि गर्भवती छिन् । उनको दुईबर्ष अघि धनगढीमाई नगरपालिका वडा नं. ५ बस्ने रमेश यादव संग विवाह भएका थिए । श्रीमान् ले करिब दुईसात्ता अगाडी घरमै झुन्डिएर आत्महत्या गरेको कारण उनि मानसिक पिडामा छिन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र उनि विपन्न पिडित परिवार अन्तर्गत रहेको सुचना आएपछि सुत्केरी नहुन्जेल सम्म सम्पुर्ण उपचार खर्च निःशुल्क गरिएको अस्पतालका म्यानेजिङ्ग डाईरेक्टर रोशन कुशवाहाले जनाएका छन् ।

प्राविधिक उपचार, औषधि , भिडियो एक्सरे, यातायात खर्च लगायतको सम्पुर्ण सेवा अस्तपतालबाट निःशुल्क गरिएको संचालक बिरिदेव महतोले जनाएको छ । संचालकले भने, ‘मानवताको नाताले हामीले सहयोग गरिरहेका छौं । यसअघि पनि अस्पताल परिवारले विभिन्न किसिमको सामाजिक सहयोगका कार्यहरु गर्दै आईरहेको साझाखोज डटकमलाई बताए ।, यसैबिच आज पिडितलाई भिडियो एक्सरे, लगायतको अन्य निःशुल्क चेक जाँच, यातायत खर्च अस्पतालले बेहोरिएको श्रोतबाट बुझिएको छ ।
अस्पतालले सहयोग गरेपछि पिडित परिवार खुसि छन् ।











तपाईको ईमेल गोप्य राखिनेछ