काठमाडौं । सुगर अर्थात मधुमेहका बिरामीले आलु खाने कि नखाने भन्ने विषयमा अलमलमा हुने गरेको छ ।आलुमा कार्बोहाइड्रेट बढि मात्रामा हुन्छ । कार्बोहाइड्रेटले रगतमा चिनीको मात्रा बढाउँछ ।अनुसन्धानकर्ताहरूले मधुमेहका बिरामीका लागि आलु पूर्णरुपमा हानिकारक नहुने बताएका छन् ।
उनीहरूका अनुसार मधुमेहका बिरामीले आलु खाँदा समस्या नहुने र त्यसबाट पोषक तत्व प्राप्त हुने भएकाले यसको उचित सेवन गर्नुपर्ने बताएका छन् ।मधुमेहका बिरामीले दिनमा एक कचौराभन्दा बढि आलु खान नहुने अनुसन्धानकर्ताहरूको सल्लाह छ । बिरामीले खाने खानामा एक चौथाई मात्र आलु हुनुपर्छ । खानामा दाल, हरियो सागसब्जी समावेश हुनुपर्छ ।
अमेरिकी न्युट्रिसनिस्ट, डाइटिसियन मेरी एलन फिलिप्सले भनेकी छन्, ‘मधुमेहका बिरामीले आहारको भागको रुपमा आलु खान सक्छन् तर, खाने तरिका परिवर्तन गर्नुपर्छ ।’उदाहरणका लागि मधुमेहका बिरामीले नुन, तेल क्रिम चीजको साथमा आलुको परिकारको सट्टा स्वस्थकर खाना खानुपर्छ ।
मधुमेहका बिरामीले हरियो सागसब्जी, माछामासु, दाल प्रशस्त मात्रामा खानुपर्छ । यदि कुनै व्यक्तिलाई मधुमेह छभने उसलाई कार्बोहाइड्रेट पनि आवश्यक पर्छ ।
सन्तुलित रुपमा आलु खाँदा पनि हानी नहुने विज्ञहरूले बताएका छन् । फाइबर, प्रोटिन र स्वस्थ फ्याट भएको खानेकुरा मात्रै खानुपर्ने उनीहरूको सल्लाह छ ।











तपाईको ईमेल गोप्य राखिनेछ