लहान १७, जेठ । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले प्रदेश सभा सदस्य ललिता दासले आफुमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ।
मंलगवार पत्रकार सम्मेलन गरी मेयर चौधरीले भने, ‘म सदैव विपन्न परिवार र दलित, गरिब समुदायको पक्षमै पदमा नहुँदा पनि विगतका दिनदेखि नै कामकाज गर्दै आईरहेको छु, गलत मनसायका साथ प्रदेश सभा सदस्य दासले सामाजिक संजाल र सदनमा दलित भएकै कारण प्रमुख अतिथि स्वीकार नगरेको म माथी झुटो आरोप लगाएको बताए ।
विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा मिति २०८०/०२/१४ गते आइतबार दिन विद्यालयका बालिकाहरुको स्वच्छता अभियान अन्तर्गत पशुपति माविमा महिनावारी तथा सरसफाई प्रदर्शनी मेला आयोजना भएको थियो ।
लहान– १० स्थित रहेको दलित जनकल्याण युवा कल्वले त्यहाँ कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम संचालकबाट भएको त्रुटीलाई जोडेर मेयर महेश चौधरीमाथि प्रदेशसभा सदस्य ललिता दासले झुठो आरोप लगाएको आयोजक संस्थाका कार्यक्रम संयोजक बिनोद विसुन्केले बताए ।
उनले भने, ‘प्रदेशसभा सदस्य दास ज्युलाई आशन ग्रहण गराउने क्रममा कार्यक्रम संचालकले मर्यादाक्रम मिलाउन सकेका थिएन् । त्यो त्रुटी थियो । हामीलाई सच्याउन मौका पनि नदिई उहाँ तुरुन्तै अन्त कार्यक्रममा हिड्नुभयो, मेयर चौधरीले कार्यक्रममा दास ज्युलाई प्रमुख अथिति राख्ने र नराख्ने विषयमा एक शब्दपनि उच्चारण गर्नुभएको थिएन ।’
प्रदेशसभा सदस्य दासले दलित भएकै कारण प्रमुख अतिथिबाट हटाउन लगाएको र आफुलाई जातीय विभेद गरेको कुरामा कुनै सत्यता नरहेको विसुन्केले बताए । कार्यक्रम संचालकबाट भएको त्रुटीले सृजना भएको परिस्थितिको सन्दर्भमा क्षमा पनि विसुन्केले सोही दिन विज्ञप्ती जारी गरी मागेका छन् ।
तर, प्रदेश सभा सदस्य झन उग्र भएर मधेस प्रदेशको सदनमै मेयर महेश चौधरीमाथि झुठो आरोप लगाएर मन्तव्य दिएको छ ।
मेयर चौधरीले भने,‘गलत मनसायका साथ प्रदेशसभा सदस्य दासले मलाई बदनाम गर्न खोज्दैछ ।
नगर प्रमुख र आयोजक संस्थाको कार्यक्रम संयोजक विसुन्केले जारी गरेको प्रेस विज्ञप्तीमा के लेखेका छन् ।
यो पनि पढ्नुहोस् ।













तपाईको ईमेल गोप्य राखिनेछ