लहान । मैले आफ्नो ससुरालीको एकधुर जग्गा पनि बैईमानी नगरेको सप्तरीको खड्क नगरपालिकाका रामकुमार साहले बताएका छन् । उनको बारेमा ससुरालीको डेढ बिग्हा हड्पेको सामाचार विभिन्न अनलाईनमा आएपछि उनले पत्रकार सम्मेलन गरी सो समाचारको खण्डन गरेको छ । साहले भने, ‘म माथि लगाईएको आरोपमा कुनै किसिमको सत्यता छैन् ।
मालपोत कार्यालयको श्रेस्तामा ससुराको नामको जग्गा मैले लिएको प्रमाणित भएमा कानुन बमोजिमको सजाय भोग्न तयार छु ।’ एक अनलाईनमा आएको समाचार पुर्वाग्राही हिसाबले लेखिएको हो । त्यसमा कुनै किसिमको सत्यता छैन्, उनले दावी गरे ।’
हाल उनि लहान नगरपालिका वडा नम्बर– ७ मा किराना पसल सञ्चालन गरेर बसेका छन् ।
उनको बिहे सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका मुक्तिनाथ साहको छोरी रिता कुमारी साह संग भएको हो । साहको तिन वटा सालो छन् । उनको श्रीमतीले भनिन्, ‘मेरो श्रीमान् पुर्ण रुपमा निर्दाेष छ, मेरो श्रीमान् वुवाको कुनैपनि जग्गा बैईमानी गरेको छैन् ।’












तपाईको ईमेल गोप्य राखिनेछ