लहान ११, भदौं । लहान नगरपालिकाले फोहर संङ्कलन गर्ने आधुनिक किसिमको ८ वटा गारवेज ट्रक सवारी संचालनमा ल्याईएको छ । अवदेखि नगरपालिकाले उक्त ट्रकबाट फोहर संङ्कलन गर्ने भएको नगर प्रमुख महेश प्रसाद चौधरीले जानकारी दिए ।
फोहर संकलन गर्न ट्रयाक्टर भन्दा पनि सो ट्रक सजिलो तथा सहज हुने भएकोले पहिलो चरणमा वडा नं. १ देखि १० सम्म फोहर संङ्कलन गर्नेछ । बिस्तारै कार्यविधि बनाएर २४ वटै वडा सम्मको फोहर संङ्कलन गर्नेछ ।
साथै नगरबासीका लागि निःशुल्क रुपमा एम्बुलेन्स सेवा पनि केहिदिन भित्रै संचालन गरिने तयारी भैरहेको नगरपालिका श्रोतले जानाएको छ ।
गारवेज ट्रकको के – के छन् विशेषता ?
– ट्रकले अन्य सवारीको तुलनामा ईन्धनको बचत गर्छन् ।
– वातावरण प्रदुषण हुनबाट जोगाउँछन् ।
– फोहर मैला व्यवस्थापनमा सहयोग गर्नेछ ।
– ट्रकको बन्द कभर भएपछि फोहर गन्हाउने छैन् ।
– सानो साने गल्लीमा पनि फोहर संङ्कलनका लागि ट्रक जन सक्छन् ।












तपाईको ईमेल गोप्य राखिनेछ