लहान २८, मंसिर । जाजरकोट भूकम्प पीडितका लागि लहानका बालकालिकाहरुले आर्थिक सहयोग गरेका छन् । देउँसी भैलोबाट संङ्कलित रकमबाट उनिहरुले २१ हजार ४ सय १५ रुपैयाँ सहयोग गरेका हुन् ।
सिटी ग्लोबल पब्लिक स्कुल लहान – १ मा अध्ययनरत विद्यार्थीहरुले आज ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेललाई नेपाल बैंक शाखा कार्यालय लहान मार्फत भुकम्प प्रभावित राहतकोषको खातामा बुझाएको रकम सहितको भौचर हस्तान्तरण गरेको स्कुलका प्रिन्सिपल विरेन्द्र कुमार चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘साना साना बालबालिकाहरुलाई अहिलेको आधुनिक युगमा समाजसेवा थाहा छैन् । साना साना बालाबालिकाहरुलाई समाज प्रति उत्तरदायित्व बनाउनका साथै समाजसेवा प्रति अभिप्रेरित गर्ने उदेश्यले राहत स्वरुप सो रकम सहयोग गरेको बताए ।, नेपाल सरकारले भूकम्प पिडितलाई सहयोग गर्न सवैमा आह्वान गरेका थिए ।
देउँसी भैलो खेलेर रकम जुटाई सहयोग गर्ने बालबालिकाहरुको नामाबली :
मानबी चौधरी , इतीसा चौधरी , निकिता चौधरी, योजना चौधरी, सिन्द्रेला चौधरी, शिक्षा चौधरी, अनुस्का चौधरी, आकृति ठाकुर, मानसा चौधरी, आदर्श चौधरी, छिदिस साह, निशान्त साह, निमिता चौधरी, मनिष चौधरी लगायत शिक्षक, शिक्षिकाहरु ।













तपाईको ईमेल गोप्य राखिनेछ