शिव कुमार शाह
लहान , ३१ बैशाख | सिरहाको लहानमा मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजामा शनिवार सिरहाको लहान स्थित होटल विशालको सभाकक्षमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/ सङ्गीत र नाट्यकला गरि विधाको संरक्षण, संम्ब्रधन र प्रवद्र्धनका लागि प्रतिष्ठानले निरन्तर कार्य अगाडि बढाएको जानकारी दिदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यकता रहेको धरणा राखेका थिए ।
अन्तरसंवाद कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादवले मधेश प्रदेशमा बोलिने मातृ भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकलालाई उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागेको बताउदै मधेशका आठवटै जिल्लामा यस्ता कार्यक्रम गरेर यस विधामा देखिएका कमि कमजोरी र सुझावहरुलाई संकलन गरी सबै विधाको संरक्षण र संवर्धन गर्न प्रतिष्ठान अघि बढेको बताउनुभयो । उहाँले यस क्षेत्रमा कार्यरत महानुभावहरुका कला विकासका लागि हातेमालो गरेर अघि बढ्ने जनाउनुभयो ।
करिब एक सय भन्दा बढी सहभागी रहेका कार्यक्रममा मधेश विकासका लागि भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन हुनु पर्ने धारणा सहभागी वत्ताहरुले राखेका थिए ।
जागरण नेपाल सिरहाका अध्यक्ष ज्ञानेन्द्र कुमार रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार एवं साहित्यकार शिवकुमार साहले गरेका थिए । गाेेरखापत्र दैनिककाे मधेश प्रदेश संयाेजक पत्रकार धर्मेन्द्र कुमार साहले यस संस्था मधेशकाे Academy विकाशमा अहम् भूमिका खेलिरहेको जनाए ।











तपाईको ईमेल गोप्य राखिनेछ