Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

घर बनाउन नगरप्रहरी, सरसफाई कर्मचारी परिचालन


घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

संजय विश्वकर्मा

लहान, १३ पुस । लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित एक घरविहीन विपन्न सदाय परिवारका लागि घर निर्माण गरी सहयोग गरेको छ । लहान नगरपालिका वडा नं. १५ का स्थायी बासिन्दा श्याम सदाय विगत चार महिनादेखि बसोबास गर्ने घर नहुँदा त्रिपालमुनि जीवनयापन गर्दै आएका थिए । सो अवस्थाबारे स्थानीय युवा आनन्द चौधरी र वडा अध्यक्ष तेज नारायण चौधरीले लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीलाई जानकारी गराएपछि नगरपालिकाले तत्कालै  नगर प्रहरी र सरसफाइ कर्मचारी परिचालन गरी घर निर्माण कार्य सुरु गरेका थिए ।

घर निर्माणमा स्थानीय युवा आनन्द चौधरीसहित समाजसेवी र स्थानीय बासिन्दाहरूले समेत सहयोग गरिरहेका छन् । नगरपालिकाले जस्तापाता, बाँस, काठलगायत आवश्यक निर्माण सामग्री तत्काल उपलब्ध गराएको जनाएको छ ।

यसैगरी, अत्यन्त कमजोर आर्थिक अवस्थाको सदाय परिवारलाई ओढ्ने फाइबर सिरक, तन्ना, ओछ्यान तथा खाद्यान्न सामग्री चामल, नुन, तेल, दाललगायत राहत सामग्री पनि नगरपालिकाले सहयोग गरेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारको अनुभूति गराउने उद्देश्यले हामीले यो सहयोग गरेका हौं ।”

४ धुर जग्गामा बसोबास गर्दै आएको सदाय परिवारमा २५ वर्षीय श्याम सदाय, उनकी श्रीमती विमला सदाय र तीन छोरी चान्दनी, नन्दनी र नन्दु रहेका छन् । बाबु–आमाको नागरिकता नहुँदा तीनै छोरीको जन्मदर्ता समेत हुन सकेको छैन, जसका कारण राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट परिवार वञ्चित हुँदै आएको छ ।

केही महिनाअघि मात्रै नगर प्रमुख महेश प्रसाद चौधरी र वडा अध्यक्ष तेज नारायण चौधरीको विशेष पहलमा विमला सदायका ससुरा पल्ट सदाय र सासु गंगिया सदायको नागरिकता बनेको थियो । अब श्याम सदाय र विमला सदायको पनि नागरिकता बनाइदिने प्रतिबद्धता नगर प्रमुखले व्यक्त गर्नुभएको छ ।

उक्त परिवार हाल लहान–१५ बानोस्थित खुट्टी खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन गर्दै आएको छ । स्थानीय सरकारको सक्रियताले सदाय परिवारमा नयाँ आशा पलाएको स्थानीयहरूले बताएका छन् ।

साझा खोज

साझा खोज

Next Post
एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म  १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

विमान दुर्घटनामा उपमुख्यमन्त्री सहित ६ जनाको मृत्यु

विमान दुर्घटनामा उपमुख्यमन्त्री सहित ६ जनाको मृत्यु

‘‘विवरण पढनुहोस्– सिरहाको चारै वटा निर्वाचन क्षेत्रमा कति मतदाता संख्या र मतदान केन्द्र छ ?’’

‘‘विवरण पढनुहोस्– सिरहाको चारै वटा निर्वाचन क्षेत्रमा कति मतदाता संख्या र मतदान केन्द्र छ ?’’

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.