Khoj
Thursday, January 15, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा


एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म  १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

संजय विश्वकर्मा
लहान, १७ पौस । सिरहाको बरियारपट्टी गाउँपालिका–३ श्रीपुर निवासी सत्यनारायण साफि दलित आरक्षण कोटाबाट एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएसँगै सहयोगी हातहरू अगाडि बढ्न थालेका छन् ।
सोही क्रममा सुनचाँदी व्यवसाय संघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ लहानका वर्तमान अध्यक्ष विकास सारडाले आज आफ्नो जन्मदिनको अवसर पारेर सत्यनारायण साफिको अध्ययन सहयोगका लागि पाँच वर्षसम्म हरेक महिना रु. १० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ । यसअनुसार कुल पाँच वर्षमा रु. ६ लाख आर्थिक सहयोग उपलब्ध हुनेछ ।


त्यसैगरी उद्योग वाणिज्य संघ लहान–सिरहाको आसन्न अध्यक्ष पदका उम्मेदवार रहेका प्रदीप कुमार गुप्ताको प्यानलको तर्फबाट रु. २५ हजार आर्थिक सहयोग प्रदान गरिएको समाजसेवी तथा स्कुल अफ स्कलर्स लहानका संस्थापक प्रिन्सिपल सुदिपराज कुशवाहाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै सत्यनारायणको एमविविएस पढ्न शुल्क नलाग्ने भए पनि आवास, किताब–कापी, खाना लगायतका खर्चका लागि आर्थिक सहयोग आवश्यक पर्ने भएकाले उक्त सहयोग गरिएको सारडाले बताउनुभयो । अध्ययन अवधिभर सारडाको तर्फबाट करिब रु. ६ लाख सहयोग पुग्ने देखिएको छ, जुन अहिलेसम्म सत्यनारायणका लागि प्राप्त सबैभन्दा ठूलो सहयोग राशी हो ।
दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारबाट आएका सत्यनारायण साफि हाल सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका छन् । समाजिक संजालमा भाईरल गराउने पात्र पत्रकार संतोष कुमार यादव हुन् । दलित कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकाल्ने उनी पहिलो व्यक्ति भने होइनन्, तर उनको संघर्षपूर्ण जीवनकथा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

जनता माध्यमिक विद्यालय (प्राविधिक धार) बरियारपट्टीबाट २०७७ सालमा एसइई उत्तीर्ण गरेका उनले अरनिको उच्च माध्यमिक विद्यालय विराटनगरबाट २०७९ सालमा विज्ञान विषयमा कक्षा ११–१२ पूरा गरेका थिए। त्यसपछि एमबिबिएस प्रवेश परीक्षा तयारीका लागि काठमाडौं पुगेका उनले भाइब्रेन्ट कोचिङ सेन्टरमा नाम लेखाए पनि आर्थिक अभावका कारण तीन महिना नबित्दै काठमाडौं छाडेर घर फर्कन बाध्य भए ।
त्यही समयमा कतारमा रोजगारीमा रहेका उनका बुवासमेत बेरोजगार भएर घर फर्किएपछि परिवारको आर्थिक अवस्था झन् कमजोर भयो । ‘मजदुरी रोज्ने कि पढाइ?’ भन्ने कठिन परिस्थितिमा पुगेका सत्यनारायणले मजदुरी गर्दै पढाइ अघि बढाउने निर्णय गरे। दिनभर गाउँमै मजदुरी गर्ने र रातभर पढ्ने उनको दैनिकी बन्यो। मजदुरीबाट जोगिएको रकमले किताब किने र त्यसैबाट बचत गरेर काठमाडौं पुगेर एमबिबिएस प्रवेश परीक्षा दिए। पहिलो प्रयासमै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि उनको संघर्ष सफलतामा परिणत भएको हो।
सत्यनारायण साफिलाई प्राप्त यस किसिमको सहयोगले उनको शैक्षिक भविष्य उज्यालो बनाउने विश्वास गरिएको छ ।

 

साझा खोज

साझा खोज

Next Post
लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म  १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

लहान : आँखा शिविरबाट हजारौं लाभान्वित

लहान : आँखा शिविरबाट हजारौं लाभान्वित

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.