Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

वर्ल्ड भिजनद्वारा लहानमा रक्तदान कार्यक्रम सम्पन्न


वर्ल्ड भिजनद्वारा लहानमा रक्तदान कार्यक्रम सम्पन्न

लहान २१, माघ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था वर्ल्ड भिजन नेपाल लहान–२, सिरहाको आयोजनामा आज लहानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लहानस्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने मूल उद्देश्यका साथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा २० जना युवाहरू तथा स्थानीय समाजसेवीहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका आयोजक संस्थाका अध्यक्ष रोहित महतोले जानकारी दिनुभयो। उहाँका अनुसार रक्त अभावका कारण धेरै बिरामीहरूले समयमै उपचार पाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो। “रक्तदान जीवनदान हो भन्ने सन्देश फैलाउने र समाजमा मानव सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” अध्यक्ष महतोले बताउनुभयो। उहाँले भविष्यमा पनि यस्ता सामाजिक र मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रक्तदान कार्यक्रम लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सुरुवात भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले रक्तदान अत्यन्त महत्वपूर्ण सामाजिक कार्य भएको उल्लेख गर्नुभयो। उहाँले रक्त अभावका कारण धेरै बिरामीहरूको ज्यान जोखिममा पर्ने गरेको बताउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख चौधरीले मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा रक्तदानलाई लिन सकिने बताउँदै सक्षम र स्वस्थ्य व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तहले पनि यस्ता जनचेतनामूलक तथा सामाजिक कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, समाजमा रक्तदानप्रति रहेको भ्रम हटाउँदै जनचेतना फैलाउन सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय समाजसेवी, युवा, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदानजस्तो मानवीय कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको बताएका थिए। उनीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरिएमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
रक्त संकलन कार्य नेपाल रेडक्रस सोसाइटी शाखा लहानका स्वास्थ्यकर्मीहरूको टोलीको उपस्थितिमा सुरक्षित तथा व्यवस्थित ढंगले सम्पन्न गरिएको थियो। स्वास्थ्यकर्मीहरूले रक्तदान गर्नुअघि दाताहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक प्रक्रिया पूरा गरेका थिए। कार्यक्रम अवधिभर दाताहरूलाई आवश्यक स्वास्थ्य परामर्श तथा सेवा उपलब्ध गराइएको रेडक्रसका प्रतिनिधि शंकर प्रसाद यादवले बताए ।
स्थानीयस्तरमा रक्त अभाव न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ। विशेषगरी आकस्मिक अवस्था, दुर्घटना तथा जटिल रोगका बिरामीहरूको उपचारमा रगतको आवश्यकता पर्ने भएकाले नियमित रक्तदान अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरूको भनाइ रहेको छ।
समाजमा मानव सेवा र सहयोगको भावना विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वासका साथ वर्ल्ड भिजन नेपालले आगामी दिनमा पनि सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

साझा खोज

साझा खोज

Next Post
वरिष्ठ कलाकार सुनिल थापाको निधन

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सलहेश फुलवाडी ईङ्गलिस बोर्डिङ्ग स्कुलद्वारा खेलकुद प्रतियोगिता सञ्चालन

सलहेश फुलवाडी ईङ्गलिस बोर्डिङ्ग स्कुलद्वारा खेलकुद प्रतियोगिता सञ्चालन

सभापति थापा भोलि कार्यकर्ता भेटघाट गर्न लहान आउने

सभापति थापा भोलि कार्यकर्ता भेटघाट गर्न लहान आउने

चुनावको १७ दिन बाँकी,  मतपत्र छपाइ अन्तिम चरणमा

चुनावको १७ दिन बाँकी, मतपत्र छपाइ अन्तिम चरणमा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.