Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सलहेश फुलवाडी ईङ्गलिस बोर्डिङ्ग स्कुलद्वारा खेलकुद प्रतियोगिता सञ्चालन


सलहेश फुलवाडी ईङ्गलिस बोर्डिङ्ग स्कुलद्वारा खेलकुद प्रतियोगिता सञ्चालन

लहान २५, माघ । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत सलहेश फुलवाडी सेकेन्ड्री ईङ्गलिस बोर्डिङ्ग स्कुल, लहान–१२ ले आजदेखि खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ। विद्यालय परिसरमै आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यालयका संस्थापक प्रिन्सिपल शिवकान्त चौधरीले प्रतियोगिताको विधिवत उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै प्रिन्सिपल चौधरीले विद्यार्थीको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि खेलकुद अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता, सहकार्य भावना र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। “पढाइसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिनुपर्छ भन्ने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष वार्षिक खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ,” उहाँले भन्नुभयो।


प्रतियोगितामा उक्त विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुनेछन्। विभिन्न उमेर समूहलाई समेटेर आयोजना गरिएको प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, दौड, लङ जम्प, हाई जम्प लगायत २८ प्रकारका खेल समावेश गरिएको विद्यालय प्रशासनले जनाएको छ। साना कक्षाका विद्यार्थीहरूका लागि मनोरञ्जनात्मक तथा रचनात्मक खेलहरू राखिएको छ भने माथिल्लो कक्षाका विद्यार्थीहरूका लागि प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन गरिनेछ।
विधालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका खेल शिक्षकहरूले खेल तालिका, नियम तथा अनुशासन सम्बन्धी जानकारी गराएका थिए।
प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुने र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा टोलीलाई समापन समारोहमा पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने विद्यालयले जनाएको छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्नुका साथै उनीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।
विद्यालयका अनुसार वार्षिक खेलकुद कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सद्भाव, सहकार्य र मित्रताको भावना विकास गर्न समेत सहयोग पुर्‍याउने गरेको छ। खेलकुदमार्फत लुकेका प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्न सकिने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रिन्सिपल चौधरीले जानकारी दिनुभयो।
यस प्रतियोगिताले विद्यालयमा उत्साह र उमंग थपिएको छ भने विद्यार्थीहरू पनि आ–आफ्नो खेलमा उत्कृष्ट प्रदर्शन गर्न तयारीका साथ मैदानमा उत्रिएका छन्।

तस्विरहरु :

साझा खोज

साझा खोज

Next Post
सभापति थापा भोलि कार्यकर्ता भेटघाट गर्न लहान आउने

सभापति थापा भोलि कार्यकर्ता भेटघाट गर्न लहान आउने

चुनावको १७ दिन बाँकी,  मतपत्र छपाइ अन्तिम चरणमा

चुनावको १७ दिन बाँकी, मतपत्र छपाइ अन्तिम चरणमा

आजदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने

आजदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने

प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीको राजनीति यात्रा

प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीको राजनीति यात्रा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.