Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीको राजनीति यात्रा


प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीको राजनीति यात्रा

लहान ०५, फागुन । नेपाली काँग्रेसका पुराना तथा संघर्षशील नेता रामसुन्दर चौधरी आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार  बनेका छन्। विद्यार्थी जीवनदेखि नै पार्टी राजनीति र समाजसेवामा सक्रिय चौधरी चार दशकभन्दा लामो राजनीतिक अनुभव बोकेका नेताका रूपमा परिचित छन्।
वि.सं. २०१९ साल असार १ गते सिरहा जिल्लाको साविक सितापुर गाविस, हाल लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुरमा जन्मिएका चौधरीले स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। सामान्य किसान परिवारमा जन्मिएका उनी सानैदेखि सामाजिक गतिविधिमा रुचि राख्थे।
चौधरीले विद्यार्थी जीवनमै राजनीति रोजेका थिए। वि.सं. २०३६ सालमा जनकपुरस्थित आर.आर. क्याम्पस जनकपुरमा अध्ययनका क्रममा उनले नेपाल विद्यार्थी संघमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यही वर्ष सम्पन्न ऐतिहासिक जनमत संग्रहमा उनले बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उक्त जनमत संग्रहको सम्झना गर्दै चौधरीले भने, “स्वर्गीय नेता प्रदीप गिरिको नेतृत्वमा हामी बहुदलको पक्षमा खुलेर लाग्यौं। त्यो बेला सिरहाले देशभरमै बहुदलको पक्षमा उल्लेखनीय मत दिएको थियो, जसले हामीलाई थप उत्साहित बनायो।”
वि.सं. २०४६ सालको जनआन्दोलनपछि चौधरीको राजनीतिक सक्रियता अझै बढ्यो। प्रजातन्त्र पुनःस्थापनापछि उनले पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेले। वि.सं. २०४७ सालमा उनी नगरसभापतिको जिम्मेवारीमा निर्वाचित भएका थिए। त्यसपछि पनि उनले निरन्तर रूपमा पार्टीमा सक्रिय रहँदै जिल्ला कार्यसमितिमा विभिन्न पद सम्हाले।
उनले दुई कार्यकाल जिल्ला उपसभापतिको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका छन्। पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जनताका मुद्दालाई उठाउने काममा उनले निरन्तर योगदान दिँदै आएका छन्। स्थानीय तहदेखि केन्द्रीय राजनीतिसम्म पार्टीलाई मजबुत बनाउने अभियानमा उनी सक्रिय रहेको उनका सहकर्मीहरू बताउँछन्।
चौधरी समाजसेवामा पनि उत्तिकै सक्रिय छन्। शिक्षा, स्वास्थ्य, विपन्न वर्गको सहयोग तथा सामाजिक सचेतनामूलक कार्यक्रमहरूमा उनको उल्लेखनीय भूमिका रहेको स्थानीयवासीको भनाइ छ। उनी जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने र जनभावना अनुसार काम गर्ने नेताका रूपमा चिनिन्छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै चौधरीले विकास, सुशासन र जनताको अधिकार सुनिश्चित गर्ने मुख्य एजेण्डा अघि सारेका छन्। उनले भने, “मैले जीवनभर पार्टी र जनताको सेवामा काम गरेको छु। अब जनताको विश्वासलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै सिरहाको समग्र विकासका लागि काम गर्ने मेरो प्रतिबद्धता छ।”
लामो राजनीतिक अनुभव, संगठनमा बलियो पकड र जनस्तरमा स्थापित छवि भएका चौधरीको उम्मेदवारीलाई नेपाली काँग्रेस वृत्तमा महत्वपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र उनको योगदान र अनुभवका आधारमा आगामी निर्वाचनमा उनको भूमिका निर्णायक हुन सक्ने विश्लेषण गरिएको छ।
चार दशकभन्दा लामो संघर्ष र निरन्तर सक्रियतापछि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका चौधरीले आफ्नो राजनीतिक यात्रालाई अब नयाँ चरणमा पुर्‍याउने लक्ष्य लिएका छन्।

साझा खोज

साझा खोज

Next Post
सब–इन्जिनियर यादवको हत्या घटना: हत्यारालाई कारवाहीको माग

सब–इन्जिनियर यादवको हत्या घटना: हत्यारालाई कारवाहीको माग

निर्वाचन अचारसंहितामा केन्द्रित भएर रासस लहानले मनाए ६५ औँ वार्षिकोत्सव

निर्वाचन अचारसंहितामा केन्द्रित भएर रासस लहानले मनाए ६५ औँ वार्षिकोत्सव

सिटी ग्लोबल पब्लिक स्कुल पडरियाद्वारा विज्ञान तथा कला प्रदर्शन कार्यक्रम

सिटी ग्लोबल पब्लिक स्कुल पडरियाद्वारा विज्ञान तथा कला प्रदर्शन कार्यक्रम

नेपाली कांग्रेस सिरहा–१ द्वारा चार जनामाथि कारबाहीको सिफारिस

नेपाली कांग्रेस सिरहा–१ द्वारा चार जनामाथि कारबाहीको सिफारिस

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.