Khoj
Monday, March 2, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

आजदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने


आजदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने

स्रोत : कान्तिपुर 

४ माघ, काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचारप्रसार  खुल्ला भएको छ । २१ फागुनमा हुने निर्वाचनको १७ दिनअघि आयोगले निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था  गरेकाे छ ।

सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न  पाउनेछन् ।

निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने जनाइएको छ। सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।

निर्वाचन आयोगले आइतबार दलहरुका लागि ६३ बुदेँ निर्देशन पनि जारी गरेकाे छ ।

आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ। पत्रकार सम्मलेन गर्दै कार्यवहाक प्रमुख रामप्रसाद भण्डारीले निर्वाचन आयोग उल्ल‌ंघन गरेमा जरिवानासहित उम्मेदवारी खारेजीसम्मको कारबाही हुने चेतावनी दिए ।

आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन्।

आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त  भण्डारीले  बताए ।

यसैगरी, दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्नेछन्।

निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।

निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ।

 

साझा खोज

साझा खोज

Next Post
प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीको राजनीति यात्रा

प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसुन्दर चौधरीको राजनीति यात्रा

सब–इन्जिनियर यादवको हत्या घटना: हत्यारालाई कारवाहीको माग

सब–इन्जिनियर यादवको हत्या घटना: हत्यारालाई कारवाहीको माग

निर्वाचन अचारसंहितामा केन्द्रित भएर रासस लहानले मनाए ६५ औँ वार्षिकोत्सव

निर्वाचन अचारसंहितामा केन्द्रित भएर रासस लहानले मनाए ६५ औँ वार्षिकोत्सव

सिटी ग्लोबल पब्लिक स्कुल पडरियाद्वारा विज्ञान तथा कला प्रदर्शन कार्यक्रम

सिटी ग्लोबल पब्लिक स्कुल पडरियाद्वारा विज्ञान तथा कला प्रदर्शन कार्यक्रम

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.