Khoj
Friday, September 11, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन


सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

सिरहा १६, फागुन । प्रहरीले एक निर्दोष व्यक्तिलाई पक्राउ गरिएको भन्दै उनका आफन्तजनले शुक्रबार पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन्।
उनीहरूका अनुसार २०८२ फागुन ९ गते दिउँसो करिब ३:०० बजे सिरहाको सुखिपुर नगरपालिका–८ स्थित चेकजाँच प्वाइन्टबाट भारत, बिहार प्रदेश लदनिया थाना सिदपा गाउँ बस्ने मनोज कुमार साहलाई शस्त्र प्रहरी बल बेस क्याम्प लहान/सुखिपुरका डिएसपी विजय कुमार चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।


प्रहरीले साहको साथबाट ५ लाख नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ, करिब ३७ तोला चाँदी, एक थान मोबाइल र एक थान मोटरसाइकल सहित पक्राउ गरेका थिए ।
साहका आफन्त सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर – ८ बस्ने शम्भु कुमार पुर्वेका अनुसार करिब ४२ महिना अघि साहकी आमा बिरामी हुँदा उनले लहान–१ (हाल–७) स्थित नेमचन सारडा एण्ड सन्स पसलमा घरायसी सुनचाँदी गरगहना बन्दकी राखेका थिए । बन्दकी राखेको सुन छुटाउन नसकेर सोही पसलमा सुन बिक्री गरी ५ लाख रुपैयाँ लिएका र चाँदी बन्दकी फुकुवा गरेर घर फर्किंदै गर्दा प्रहरीले उनलाई बिच बाटोबाटै पक्राउ गरिएको सुनाए ।
अर्का आफन्त सिरहाको गोलबजार नगरपालिका वडा नम्बर – ६ बस्ने राकेश कुमार महतोका अनुसार नेपालमा गुणस्तरीय सुन पाइने भएकाले साहले उक्त पसलबाट सुन किन्ने गरेका थिए। “ नेपालमा गुणस्तरीय सुनचाँदी पाउने भएकोले अहिलेपनि धेरै भारतीय नागरिकले नेपालबाट सुन किन्ने गर्छन्। बिल–भरपाई देखाउँदासमेत प्रहरीले साहलाई पक्राउ गर्नु अन्याय हो,” उनले भने।
अर्का आफन्त रामप्रकाश महतोले सुखिपुरबाट पक्राउ गरिएको व्यक्तिको मुचुल्का भने बरियारपट्टी बोर्डर क्षेत्रमा उठाइएको दाबी गरे। उनका अनुसार बरामद सामग्री संकलन गरेलगत्तै डिएसपी चौधरीले नगद तथा गरगहना कुम्ल्याउने नियतले तत्काल मुचुल्का नउठाई साहलाई छाड्ने प्रयास गरेको आरोप लगाएका छन्। उनले प्रहरीको गतिविधि शंकास्पद रहेको जिकिर गरे।
मनोज कुमार साह व्यापारी नभई किसान रहेको दाबी गर्दै बरामद गरिएका सम्पूर्ण सामान फिर्ता गरी उनलाई तत्काल रिहा गर्न आफन्तजनहरुले पत्रकार सम्मेलन मार्फत माग गरेका छन्। प्रमाणका आधारमा निष्पक्ष छानबिन नभए कानुनी उपचारका लागि डिएसपी चौधरी विरुद्ध अदालत जाने चेतावनीसमेत उनिहरुले दिएका छन्।
यता डीएसपी विजय कुमार चौधरीले भन्नुभयो, “हाम्रो टोलीले उहाँलाई २०८२ फागुन ९ गते होइन, १० गते बेलुका तिर बरियारपट्टी तिरबाट नियन्त्रणमा लिएको हो। पेटमा भित्र लुकाई छिपाई रुपैयाँ राखेको अवस्थामा फेला परेकाले भारतीय नागरिक भएको नाताले शंकाको आधारमा हामीले नियन्त्रणमा लिएका हौं।
नियन्त्रणमा लिएलगत्तै मुचुल्का उठाई माडर भन्सार कार्यालयमा सम्पूर्ण सरसामान बुझाएका छौं। चुनावको समयमा चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले यस्तो कारबाही गरिएको हो। आवश्यक प्रमाण पेश गरेमा भन्सार कार्यालयले सामान फिर्ता गर्ने व्यवस्था छ। यो सामान्य मुद्दा हो,” उनले बताए।

साझा खोज

साझा खोज

Next Post
निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.