Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

वैदेशिक क्षेत्रका श्रमिक आजदेखि सामाजिक सुरक्षामा समेटिँदै


वैदेशिक क्षेत्रका श्रमिक आजदेखि सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं।वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए । नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो ।

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताउनुभयो । विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् ।

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु दुई हजार मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

सभार: रेडियो नेपाल

साझा खोज

साझा खोज

Next Post

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्वित

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्वित

प्रमुख चौधरीद्धारा सपिङ्ग कम्पलेक्सको शिलान्यास

प्रमुख चौधरीद्धारा सपिङ्ग कम्पलेक्सको शिलान्यास

सिरहा: खुकुरी र कोदालो प्रहारको घटना बाहिरियो 

सिरहा: खुकुरी र कोदालो प्रहारको घटना बाहिरियो 

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.