लहान,१० चैत्त । सिरहाको लहान नगरपालिका वडा नं. ६ स्थित पुरानो नगरपालिका परिसरमा लहान बजार सपिङ्ग कम्पलेक्स बन्ने भएको छ । लहान नगरपालिकाकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उक्त सपिङ्ग कम्पलेक्स्को शिलान्यास गरेका हुन् । १६ करोडको कुल लागतमा आधुनिक किसिमको सपिङ्ग कम्पलेक्स बन्ने प्रमुख चौधरीले बताए । यो संगै यसै चालु आर्थिक बर्षमा लहान नगरपालिकाको ५ ठाउँमा १०/१० किलोमिटर कालोपत्रे सडकको पनि काम सुरु गरिने श्रोतबाट बुझिएको छ ।













तपाईको ईमेल गोप्य राखिनेछ