लहान २२, चैत्र । यस बर्षको एसईईलाई मर्यादित बनाउन एक टोलिद्धारा अनुगमन थालेका छन् । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी लगायत पत्रकारहरुको एक टोलिले अनुगमन थालेका हुन् । आज सम्पन्न विज्ञान बिषयको परिक्षामा उक्त टोलीद्धारा लहान नगरपालिकाको सोनमती गाढा, मा.वि. ब्रम्हान गोर्छारी र मा.वि. बस्तिपुरको विधालयहरुमा संयुक्त रुपमा अनुगमन गरे ।

पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव, पुर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, पत्रकार एम महतो, ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक कृष्ण खत्री लगायतको टिमद्धारा संयुक्त रुपमा आज गरिएको अनुगमनमा तिनै केन्द्रमा परिक्षा मर्यादित रुपले संचालन गरिएको नगर प्रमुख चौधरीले बताए ।











तपाईको ईमेल गोप्य राखिनेछ