Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पटक-पटक पिसाब लाग्नु गम्भीर रोगको संकेत हुन सक्छ


पटक-पटक पिसाब लाग्नु गम्भीर रोगको संकेत हुन सक्छ

पिसाबले शरीरबाट फोहोर पदार्थ निकाल्न मात्र मद्दत गर्दैन, यसले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने संकेत पनि दिइरहेको  हुन्छ । त्यसैले त धेरै रोगका लागि पिसाबको परीक्षण गरिन्छ ।

पिसाब गर्न कुनै समस्या छैन र दिनको ६-७ पटक पिसाब लाग्छ भने शरीर स्वस्थ छ भन्ने बुझिन्छ । तर सामान्यभन्दा पटक-पटक पिसाब लाग्छ भने स्वास्थ्यमा केही समस्या छ भन्ने संकेत गर्छ ।

पटक-पटक पिसाब लाग्ने अवस्था 

पटक-पटक पिसाब लाग्नुका धेरै कारण हुन सक्छन् । धेरै तरल पदार्थ पिएपछि बारम्बार पिसाब आउन सक्छ । त्यसमा पनि क्याफिन भएको तरल पदार्थ सेवन गर्दा धेरै पिसाब लाग्छ ।

पानी धेरै पिउँदा, मदिरापान गरेको बेला पनि छिटोछिटो पिसाब लागेको महसुस हुन्छ । त्यस्तै, गर्भावस्थामा बारम्बार पिसाब लाग्ने समस्या हुन सक्छ । यसबेला पाठेघरको आकार वृद्धि भएसँगै  पिसाबथैलीमा परेको दबाबका कारण पिसाब आउने गर्छ ।

ओभरएटिभ ब्ल्याडर (ओएबी) एक अवस्था हो, जसमा कसैले पिसाब फेर्न तीव्र इच्छा अनुभव हुन सक्छ । यस्तो अवस्थामा बिना कारण ब्ल्याडरको स्नायु अति संवेदनशील भएर पिसाब लागिरहन्छ । यसलाई नियन्त्रण गर्न गाह्रो हुन सक्छ ।

गम्भीर समस्या पनि हुन सक्छ 

यदि दैनिकजसो बारम्बार पिसाब आइरहन्छ र पिसाब गर्दा पेट दुखे जस्तो हुन्छ भने कुनै रोगको लक्षण हुन सक्छ । मधुमेह, मूत्रनलीको संक्रमण, प्रोस्टेटको समस्या र कतिपय औषधिको साइड इफेक्टले गर्दा यो समस्या देखिन सक्छ ।

युरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई)

युरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) पिसाब नलीको संक्रमण हो । पिसाबको समस्यामध्ये ७० प्रतिशत महिलामा युरिनरी ट्रयाक्ट इन्फेक्सन देखिने गर्छ ।

जब मूत्रमार्गको कुनै पनि भागमा ब्याक्टेरिया जम्मा हुन्छ तब संक्रमण निम्त्याउँछ । र, बारम्बार पिसाब लाग्छ ।

प्रोस्टेट बढ्नु

पुरुषहरुमा बारम्बार पिसाब हुनु प्रोस्टेट समस्याको संकेत हुन सक्छ । उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थि बढ्दै जान्छ । अत्यधिक वृद्धि हुँदै गएमा मूत्रमार्गमा दबाब दिन्छ र पिसाबको प्रवाह रोक्छ । उक्त ग्रन्थि बढ्दा पिसाब खुलस्त भएर आउन सक्दैन ।

पत्थरी

बारम्बार पिसाब लाग्नुको एउटा कारण मिर्गौलाको पत्थरी पनि हो । शरीरमा मिर्गौलाको पत्थरी बन्नुको मुख्य कारण कम मात्रामा पानी पिउनु हो । कम पानी पिउँदा पिसाब बाक्लो हुन्छ, जसले गर्दा युरिक एसिड र क्यासियम अक्सालेटको क्रिस्टल (ढुंगा) बन्न जान्छ । जसले गर्दा पिसाब छान्न कठिन हुन्छ ।

मिर्गौलाको पत्थरीको समयमै उपचार गरिएन भने पत्थरीको आकार बढ्न थाल्छ । यो एक आपतकालीन समस्या हो किनभने तब यी ढुंगाहरुले पिसाबको प्रवाहलाई रोक्छ, जसले पिसाब बाहिर आउन सक्दैन ।

मधुमेह

बारम्बार पिसाब लाग्नु र हरेक पटक धेरै पिसाब लाग्नु मधुमेहका मुख्य लक्षण हुन् । मधुमेहमा रगतमा चिनीको मात्रा बढ्छ, यसले मिर्गौलामा धेरै दबाब दिन्छ र उनीहरुले अतिरिक्त चिनीलाई पूर्ण रुपमा अवशोषित गर्न सक्दैनन् । जसकारण पिसाबको माध्यमबाट अतिरिक्त चिनी बाहिर निस्कन्छ, तर यस समयमा शरीरबाट धेरै मात्रामा पानी पनि सोस्छ । जसकारण पिसाब बढी निस्कन थाल्छ । यस्तो अवस्थामा धेरै तिर्खा लाग्दा पानीको मात्रा बढ्छ र बारम्बार पिसाब फेर्न बाध्य बनाउँछ ।

मानसिक समस्या

एन्जाइटी, तनाव हुँदा व्यक्तिमा पिसाबको समस्या हुन सक्छ । एचडीएच हार्मोन (पिसाबलाई कम गराउने हार्मोन) औसतभन्दा कम रिलिज हुन्छ, जसले पिसाब पटक-पटक लागि रहन्छ ।

दिनमा कति पटक पिसाब आउनु सामान्य

एक दिनमा कति पटक पिसाब फेरिन्छ, त्यसले स्वास्थ्य स्थितिबारे बताउँछ । सामान्यतया एक दिनमा सात-आठ पटकसम्म पिसाब लाग्नु सामान्य हो ।

रातको समयमा पटक-पटक पिसाब लाग्छ भने त्यसलालाई गम्भीरतापूर्व लिनुपर्छ । राति निन्द्रा बिथोल्ने गरी पिसाब आइरहनुले विभिन्न समस्याको संकेत गर्छ । राति एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो । तर पटक-पटक पिसाब लाग्छ भने त्यसको उपचार खोज्नैपर्छ ।

परीक्षण तथा उपचार

स्वास्थ्यमा केही समस्या छ कि छैन भनेर पहिचान गर्न सबैभन्दा पहिले मूत्र परीक्षण गरिन्छ । त्यसबाट पहिचान नभए अल्ट्रासाउण्ड लगायतका अन्य परीक्षण गरिन्छ ।

पटक-पटक पिसाब लाग्ने समस्यामा मानसिक तथा शारीरिक लक्षणलाई हेरेर उपचार प्रक्रिया तय गरिन्छ । मिर्गौलाको पत्थरी देखिएमा यसको आकार सानो छ भने जीवनशैली परिवर्तन गरेर पनि ठीक हुन्छ । तर अलिकति ठूलो आकारको भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया चिरफार नगरी दूरबीन प्रविधिबाट गरिन्छ ।

त्यस्तै, यूटीआईको समस्या भएमा सरसफाइमा ध्यान दिने र पर्याप्त मात्रामा पानी पिउने गर्दा राहत मिल्छ । मधुमेह छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ ।

डा. महत युरोलोजिस्ट हुन् । उनी धनगढीस्थित सीपी अस्पतालमा कार्यरत छन् । 

साझा खोज

साझा खोज

Next Post
रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

नक्कली शरणार्थी प्रकरण: सामाजिक संजाल फेसवुकमा प्रधानमन्त्रीले यस्तो लेखेका छन् ।

नक्कली शरणार्थी प्रकरण: सामाजिक संजाल फेसवुकमा प्रधानमन्त्रीले यस्तो लेखेका छन् ।

खुवानन्कारकट्टीमा आज विहान आगलागी, लाखौंको क्षति

खुवानन्कारकट्टीमा आज विहान आगलागी, लाखौंको क्षति

अध्यक्ष यादवद्धारा आगलागी पीडितलाई सहयोग

अध्यक्ष यादवद्धारा आगलागी पीडितलाई सहयोग

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.