लहान २०, चैत्र । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. – ६ मा आईतवार एक जना किशोरी झुण्डिएको अवस्थामा फेला परिन् ।
लहान नगरपालिका वडा नं. – ६ बस्ने मो. अब्दुलको घरमा कोठा भाडा लिई बस्दै आईरहेकी लहान नगरपालिका वडा नं. – २२ टोल सिसवनी कि अन्दाजी बर्ष १६ / १७ कि अर्चना चौधरी मृत अवस्थामा फेला परेकी हुन् । उनि हिजो राती करिब राति ८ः३० बजेको समयमा कोठामै झुन्डिएको अवस्थामा भेटिन् ।
उनका साथी लहान नगरपालिका वडा नं. – ११ बस्ने अन्दाजी बर्ष १६/ १७ को बिशाल चौधरीको भनाई अनुसार ‘हामीले कोठा बन्द भएको हेर्यौ, कोठा किन बन्द छ, हेर्दा भित्रबाट चुकुल लागेको थियो , हामीले नजिकै रहेको झयालबाट चुकुल खोल्यौ र चुकुल खोल्दा झुण्डीएको अवस्था हेर्दा म लगायत मेरा केही साथीहरु सप्तऋशी अस्पताल पुर्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीलाई बयान दिएको श्रोतबाट बुझिएको छ ।’
सो घटना हत्या हो कि आत्महत्या ? घटना बारे थप अनुसन्धान गर्न प्रहरीमा जाहेरी दरखास्त दिएको मृत्यकका आफन्तजनले बताएको छ । घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने परिवारजनको आशंका छन् ।
घटना बारे थप अनुसन्धान भैहरहेको प्रहरीले जनाएको छ । मृत्यक युवती जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत थिए ।











तपाईको ईमेल गोप्य राखिनेछ