Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?


ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ?

रेणु त्वानाबासुरेणु त्वानाबासु

काठमाडौं । शारीरिक तन्दुरुस्तीका लागि सर्वप्रिय खेल हो, ब्याडमिन्टन । खेल्दा रमाइलो हुने, शारीरिक व्यायाम पनि । त्यसैले त व्यावसायिक हिसाबले मात्र होइन, व्यायामका लागि खेल्नेहरु पनि उत्तिकै छन् ।

शरीरलाई चुस्त, फूर्तिलो र लचिलो राख्न कतिपय ब्याडमिन्टन खेल्ने गर्छन् । बिहानको एकाध समय ब्याडमिन्टन खेलेपछि ज्यान फूर्तिलो भएको पनि अनुभव हुन्छ । तर के ब्याडमिन्टन खेलेपछि शरीरको सम्पूर्ण व्यायाम पूर्ण हुन्छ ? यसका अतिरिक्त अरु व्यायाम गर्नु जरुरी हुन्छ कि हुँदैन ?

अनलाइनखबरले फिजियोथेरापिस्ट सुदन कुमाल र वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक रजनी मैया जोशीसँग छुटाछुटै जिज्ञासा राखेको थियो ।

‘ब्याडमिन्टन खेलेपछि अरु व्यायाम गर्नुपर्दैन’

रजनीमैंया जोशी (वरिष्ठ ब्याटमिन्टन प्रशिक्षक)

ब्याडमिन्टन खेल्दा हातखुट्टा, कम्मर, जोर्नी, मांसपेशी, हड्डीलगायत सबै व्यायाम भएको हुन्छ । ब्याडमिन्टन खेल्दा कर्क जता गयो शरीर त्यतै लैजानुपर्ने हुन्छ । हातखुट्टा दायाँ बायाँ तल माथि, उफ्रिने भएका कारण यो खेलले नदेखिने गरी व्यायाम भइरहेको देखिन्छ । खासगरी व्यावसायिक खेलाडीले ब्याडमिन्टन खेल्दा शरीरको सम्पूर्ण अंग राम्ररी चलायमान भइरहेको हुन्छ ।

उनीहरुले ब्याडमिन्टन खेल्नुअघि वार्मअप गर्नुपर्ने हुन्छ । यसका लागि सुरुमा हल्का दौडिने, त्यसपछि फेरि तीव्र गतिमा दौडिने, फुटवर्क गर्ने र पुसअप गर्नुपर्छ । यसरी सिलसिलाबद्ध ढंगले तयार भएपछि बल्ल कोर्टमा प्रवेश गरिन्छ ।

खेलाडीले ब्याडमिन्टन दिनमा ५–६ घण्टा खेल्ने गर्छन् । यत्तिका अवधि खेलेपछि उनीहरुले अरु कुनै व्यायाम गर्नुपर्दैन ।

‘ब्याडमिन्टनले सबै व्यायाम भएपनि योग जस्तो समुचित हुँदैन’

सुदन कुमाल, फिजियोथेरापिस्ट

ब्याडमिन्टन सबैले एकै तरिकाले खेल्ने हो । निश्चित गतिमा निरन्तर खेलिने हुँदा यसले शरीरका अंगहरुलाई राम्ररी चलायमान बनाइदिन्छ । त्यसैले निष्क्रिय बस्नेहरुको तुलनामा ब्याडमिन्टन खेल्नेहरु बढी फूर्तिलो हुन सक्छ ।

यसले मांसपेशी बलियो र जोर्नीलाई लचिलो बनाउँछ । फोक्सो, मुटुलाई पनि राम्ररी व्यायाम पुग्छ । ब्याडमिन्टन आफैंमा खेल हो । यसैले ब्याडमिन्टन खेलिरहँदा मानसिक रुपले पनि बलियो बनाउँछ । हाँसो, खुसी, उमंग ल्याउँछ ।

तर मान्छेको शारीरिक अवस्था र समस्या अनुसार ब्याडमिन्टन उत्तिकै उपयोगी हुन्छ भन्ने हुँदैन । एकदमै तीव्र गतिमा उफ्रिंदा, दौडिंदा कतिपय शारीरिक समस्यामा थप कठिन हुन सक्छ । त्यसैले ब्याडमिन्टनसँगै योग, प्राणायाम पनि गर्नु उत्तम हुन्छ ।

योगका आसनहरु यसरी अभ्यास र विकास गरिएका छन्, जसले शरीरको समुचित व्यायाम गराउँछ । यो निकै वैज्ञानिक पद्धति पनि हो । शरीरका फरक–फरक अंगलाई लाभ हुने गरी योगका आसनहरु विकास गरिएका छन् । त्यसैले ब्याडमिन्टन खेले पनि यदि समय मिल्छ भने योग, ध्यान, प्राणायम गर्नु सर्वोत्तम हो ।

सभारः अनलाईन खवर डट कम

साझा खोज

साझा खोज

Next Post
भानुभक्त वाचनालयको आज विधिवत् समुद्वघाटन

भानुभक्त वाचनालयको आज विधिवत् समुद्वघाटन

बाचनालयको सन्दर्भमा वडा अध्यक्ष पंण्डितले यस्तो भने

बाचनालयको सन्दर्भमा वडा अध्यक्ष पंण्डितले यस्तो भने

मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

मधुमेहको बिरामीलाई औषधि छुटेमा के हुन्छ ?

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.