लहान ०९, वैशाख । सिरहाका एक विधालयका प्राधानाध्यापकले बर्षाैदेखि अनियमित तवरले विद्यार्थीहरुसंग रकम उठाईरहेकोे खुलेको छ । लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नं. –२ स्थित रहेको जनता डोमी चौधरी नमुना मा.वि. (प्राविधिक) पोखरभिण्डा, पर्साका प्रधानाध्यापक पशुपति साहले बर्षाैदेखि प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुसंग बर्षेनी १० हजार देखि ११ हजार रकम उठाईरहेको आरोप छ ।
कक्षा ८ उतिर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने छात्र छात्राहरुका लागि सरकारले प्रति विधार्थी ११ दखि १५ हजार रुपैया विधालयलाई दिने गरेको भएपनी स्थानिय अभिभावक कृष्ण चौधरी भन्नु हुन्छ, ‘हाम्रो विधार्थी पनि त्यस विद्यालयमा अध्ययन गर्छ ‘कुन कानुनको अधारमा छात्रछात्राहरुसँग विधालयले पटक / पटक विभिन्न बहानामा शुल्कहरु लिने गरेको हो, विधालयले केही पारदर्शीता गरेका छैन् ।’
यस सम्बन्धी विधालयका प्रधानाध्यापक साहसँग संचारकर्मीले फोन सम्पर्क गरेर बुझ्न खोज्दा वहाँले भन्नुभयो, ‘हामिले कार्यविधि बनाएर शुल्क उठाईरहेका छौं । म हेर्न दिन्न, हेर्नु छ भने गाउँपालिकाको कार्यालयमा जानु, कार्यविधि मैले पालिकालाई बुझाई सकेका छौं । यता गाउँपालिकाको उप– प्रमुख अमरकला यादवले भने, हामीलाई त्यस बारेमा आफुलाई केही जानकारी नै छैन ।’

यसै बिषयमा पालिकाका शिक्षा शाखा अधिकृत राम बालक पासवानसँग बुझ्न खोज्दा उहाँले भन्नुभयो, ‘प्र.अ.ले शिक्षा ऐनलाई मिचेर शुल्क उठाएको हामिलाई पनि खवर आएको छ । यो गलत हो । म गाउँपालिका अध्यक्षलाई जानकारी गराएर पत्रकारहरुलाई उक्त बिषयमा सहि सत्य सूचना दिनेछु ।’ तर, साता बितिसक्दा पनि उक्त कार्यविधिको बारेमा केही जानकारी नै आएको छैन् ।’
सो बिषयमा जिल्ला शिक्षा समन्वय ईकाई सिरहाका प्रमुखसंग कुरा गर्दा उहाँले शुल्क उठाउनु सरासर गलत भएको बताएका छन् । सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा गरेपनि त्यस्ता क्रियाकलापले भ्रष्टाचार भएको महसुस गरिरहेका छन् ।
यता गाउँपालिकाले सामुदायिक विधालयलाई कुनै पनि किसिमको शुल्क नउठाउन सुचना जारी गरिसकेका छन् ।
विधालयले एसईई, टेष्ट परिक्षा, विद्युत लगायत विभिन्न वहानामा विभिन्न शुल्कहरु उठाईरहेको स्थानियको आरोप छ ।












तपाईको ईमेल गोप्य राखिनेछ