लहान १०, असोज । मधेस प्रदेश सरकारले भोलि विहिवारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मुस्लिम समुदायको महान पर्व ‘‘पैगम्बर महोम्मदको जन्मदिन – २०८०’’को अवसरमा भोलि विहिवारका दिन विदा दिएको मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका नि. प्रदेश सचिव उत्तम प्रसाद खरेलले जानकारी दिए ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बाट मिति २०७९/१२/०९ गते भएको निर्णयलाई कार्यान्वयन गर्न आजको मन्त्रिपरिषद्ले पुनः सोही निर्णय गरिएको हस्ताक्षरित पत्रमा उल्लेख छ ।












तपाईको ईमेल गोप्य राखिनेछ