Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

गरिआएको सेवा हो, पदमा रहदा नरहदा पनि राहत वितरण कार्य रुक्दैन ।


समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

लहान ०८, पौस । महेश प्रसाद चौधरी हाल लहान नगरपालिकाका नगर प्रमुख (मेयर) हुन् । उनी २०७९ को स्थानीयतहको निर्वाचनमा २०,१०५ मत ल्याई विजयी प्राप्त गरेका थिए । निर्वाचित भएपछि उहाँले लहान नगरपालिकाको प्रशासन तथा विकासका कार्यक्रमहरू संचालनमा समेत सहज र सरल तवरते नेतृत्व गर्दै आएका छन् ।
निर्वाचित भएपछि उहाँले भौतिक पूर्वाधार अन्तर्गत नगरभित्रका सडक ढलान, कालोपत्रे तथा नाला निर्माण खानेपानी विस्तार, धारा जडान तथा सरसफाइ योजनाहरू वडा–वडामा भवन, सामुदायिक भवन, खेलमैदान निर्माण / स्तरोन्नति शिक्षा क्षेत्र अन्तर्ग सामुदायिक विद्यालयहरूको भौतिक सुधार (कक्षाकोठा, शौचालय, घेराबार)शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक व्यवस्थापन एक कक्षा एक शिक्षक भर्ना, ट्युशन कक्षा संचालन र शैक्षिक सामग्री सहयोग विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा प्रोत्साहन कार्यक्रम लागु गरेका छन् । स्वास्थ्य सेवा विस्तार अन्तर्गत नगर स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीको सुदृढीकरण , निःशुल्क आँखा स्वास्थ्य शिविर, खोप तथा मातृ–शिशु स्वास्थ्य कार्यक्रम राहत वितरण र व्यवस्थापन लगायतको कामकाज गरेको छ ।

सुशासन र सेवा प्रवाह अन्तर्गत नगरपालिकामा सेवा प्रवाहलाई छरितो र पारदर्शी बनाउने प्रयास डिजिटल प्रणाली, दर्ता–चलानी, कर संकलन सुधार जनप्रतिनिधि र कर्मचारीलाई जनमुखी सेवामा केन्द्रित गराउने पहल लगायतको कार्यहरु गरेका छन् । आर्थिक तथा सामाजिक विकास कार्यक्रम अन्तर्गत सीपमूलक तालिम (सिलाइ–कटाइ, स्वरोजगार कार्यक्रम) महिला, दलित, युवा तथा विपन्न वर्गका लागि आयआर्जन कार्यक्रम स्थानीय व्यापार र बजार व्यवस्थापनमा ध्यान सरसफाइ तथा वातावरण फोहोरमैला व्यवस्थापन, सरसफाइ अभियानहरियाली प्रवद्र्धन, सार्वजनिक स्थान संरक्षण लगायतको कामकाज गरेको नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।


विगतमा चौधरी कुनै औपचारिक (सार्वजनिक) पद वा जिम्मेवारीमा नरहेपनि समाजसेवामा निरन्तर सक्रिय रहँदै आएका उदाहरणीय व्यक्तित्वका रूपमा परिचित छन् । विशेषगरी कोरोना महामारीको कठिन समयमा उहाँले देखाएको मानवीय सहयोग र सेवाभाव स्थानीयस्तरमा अत्यन्तै प्रशंसनीय बनेको थियो ।
कोरोनाकालमा आम नागरिकहरू रोजगारीविहीन भई दैनिक जीवनयापनमै कठिनाइ भोगिरहेका बेला समाजसेवी चौधरीले करोडौं रुपैयाँ बराबरको चामल, नुन, तेललगायत अत्यावश्यक खाद्यान्न सामग्री विपन्न, मजदुर, दलित तथा असहाय परिवारहरूलाई वितरण गर्नुभएको थियो । राहत सामग्री वितरण गर्दा उहाँले निस्वार्थ भावनाले सेवा गरेका थिए ।
चौधरीले संकटको समयमा मात्र होइन, सामान्य अवस्थामासमेत सामाजिक कार्य, विपद् व्यवस्थापन, गरिब तथा पिछडिएका वर्गको सहयोगमा निरन्तर योगदान दिँदै आउनुभएको छ। पद, प्रतिष्ठा वा राजनीतिक स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित उहाँको योगदानले धेरै युवाहरूलाई पनि प्रेरणा दिएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार, “महेश चौधरी जस्ता समाजसेवीहरूले नै समाजमा मानवता जीवित राखेका छन्।” पदमा नभए पनि सेवामा अग्रसर उहाँको कार्यले समाजमा सकारात्मक सन्देश फैलाईएका थिए । फलस्वरुपः उहाँ २०७९ को निर्वाचनमा अत्याधिक मत ल्याई नगर प्रमुख पदमा विजय प्राप्त गरेका थिए ।

कोरोना महामारीको कठिन समयमा निरन्तर राहत सामग्री वितरणमा सक्रिय रहँदै आएका तत्कालिन समाजसेवीको रुपमा परिचित चौधरीले त्यहीँ कालखण्डमा आफ्नी धर्मपत्नी संगिता कर्माचार्यलाई गुमाउनुपरेको पीडादायी घटना पनि भोग्नुपर्यो । समाजसेवामा समर्पित रहँदा व्यक्तिगत दुःखलाई समेत पछाडि राखेर उनले नागरिकको सेवामा आफूलाई निरन्तर समर्पित गर्दै आएका थिए ।

 

साझा खोज

साझा खोज

Next Post
घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म  १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

विमान दुर्घटनामा उपमुख्यमन्त्री सहित ६ जनाको मृत्यु

विमान दुर्घटनामा उपमुख्यमन्त्री सहित ६ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.