Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मनोमानी सिटामोल खाँदा के हुन्छ ?


मनोमानी सिटामोल खाँदा के हुन्छ ?

काठमाडौं । टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने ।

अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के काम गर्छ ? कुन समयमा खानुपर्छ ? कति मात्रामा खानुपर्छ ? यसका कुनै साइड इफेक्ट छ वा छैन ?

जनरल फिजिसियन डा. सुनिल अधिकारी भन्छन्, ‘सिटामोलको लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन । तर जथाभावी वा लगातार खानु हानिकारक हुन्छ ।’

सामान्य ज्वरो आउँदा, मांसपेशी दुख्दा सिटामोल खान सकिने उनको भनाइ छ । ‘सकेसम्म चिकित्सकको सल्लाह लिएर खानु उचित हो,’ डा. अधिकारी भन्छन्, ‘किनभने आफूखुसी खाइरहँदा त्यसले दीर्घकालीन असर गर्न सक्छ ।’

अन्तर्राष्ट्रिय जर्नल सर्कुलेसनमा जनाइएअनुसार पारासिटामोलको अधिक सेवनले उच्च रक्तचापको समस्या बढाउने र दीर्घकालीन रूपमा मुटुसम्बन्धी रोग निम्तिन सक्छ । यसको सामान्य प्रयोगमा कुनै साइड इफेक्ट नदेखिए पनि लामो समयसम्म यसको निरन्तर प्रयोगले गम्भीर समस्या निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

चिकित्सकका अनुसार ज्वरो आएको बेला शरीरको तापक्रम कम गर्न वा ज्वरोको असर कम गर्न सिटामोल खान सकिन्छ । त्यस्तै शरीरको कुनै भाग दुखेको छ भने पनि सिटामोल खान सकिन्छ । नेसनल न्युरो सेन्टरका स्नायुरोग विशेषज्ञ डा. सुमन भट्टराई भन्छन्, ‘तुलनात्मक रुपमा यसको साइड इफेक्ट कम छ । त्यही कारण पनि बेलाबखत खान सकिन्छ । तर नियमित खानु ठीक होइन ।’

आफूखुसी सिटामोल खाइरहँदा त्यसको मात्रा कति हो, कुन बेला खाने हो, कसरी खाने हो भन्ने जस्ता कुरामा जानकारी हुँदैन । ‘त्यसैले औषधि पसलले पनि यस्तो औषधि बिक्री गर्दा त्यसको मात्रा, प्रयोग तरिका सबै विस्तारमा बताउन जरुरी हुन्छ,’ डा. भट्टराई भन्छन्, ‘साथै यस्ता औषधि बिरामीले जति माग्छन्, त्यति दिने होइन ।’

कस्तो अवस्थामा खाने ?

यो औषधि घरमै राखेर खान मिल्ने औषधि पारासिटामोल नै हो । तर एकोहोरो वा जथाभावी रुपमा भने सिटामोल खान नहुने चिकित्सकहरु बताउँछन् । यदि दैनिक रुपमा सिटामोल खान परेमा चिकित्सकको सल्लाह लिनैपर्ने डा. अधिकारी बताउँछन् । यदि लगातार रुपमा सिटामोल खाएमा त्यसले कलेजोमा हानि गर्ने बताइन्छ ।

सामान्यतः मान्छेले ज्वरो आएमा सिटामोल खाने गर्छन् । कहिलेकाहीं हल्का ज्वरो आउँदा सिटामोल खान हुन्छ । तर लगातार तीन दिनसम्म ज्वरो आएमा वा जीउ दुखिरहेमा नियमित स्वास्थ्य परीक्षण नै गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा नियमित सिटामोल खानु नहुने डा. भट्टराई बताउँछन् ।

के यसले हानि गर्छ ?

सिटामोलको साइड इफेक्ट तुलनात्मक रुपमा कम हुने चिकित्सकहरुको भनाइ छ । यद्यपि कतिपय रोग भएको अवस्थामा सिटामोल खान हुँदैन । कलेजोको बिरामीले सकेसम्म कम मात्रामा सिटामोल खानुपर्ने चिकित्सकको सुझाव छ । यसैगरी गर्भवती महिलाले जथाभावी सिटामोल खानु हुँदैन ।

कति खाने ?

अमेरिकी मापदण्ड अनुसार ३२५ मिलीग्रामदेखि ६५० मिलीग्रामसम्मको सिटामोलको डोज ४ देखि ६ घण्टाको अवधिमा दिन सकिन्छ । निर्देशिका अनुसार ५०० मिलीग्राम पारासिटामोल ज्वरो आएको ६ घण्टापछि मात्र खानुपर्छ ।

साना बालबालिकालाई पारासिटामोल खुवाउँदा निकै सावधानी अपनाउनुपर्छ । यदि बच्चालाई ज्वरो आएको छ र एक महिना भन्दा कम उमेरको छ भने प्रतिकेजी वजनको १० देखि १५ मिलीग्राम पारासिटामोल ४ देखि ६  घण्टाको अन्तरालमा दिइन्छ । १२ वर्षसम्मका बच्चालाई ६ देखि ८ घण्टाको अन्तरालमा सोही मात्रा दिनुपर्छ ।

डा. भट्टराईका अनुसार ५०० एमजीको सिटामोल ४-५ घण्टाको अन्तरमा सामान्य दुखाइ र ज्वरो आउने बिरामीले खान सक्छन्, तर औषधि खाँदा केही खाएर मात्र खाएको राम्रो हुन्छ । खालीपेटमा खाँदा ग्यास्ट्रिक हुन सक्ने सम्भावना बढी हुने उनी बताउँछन् ।

के हो पारासिटामोल ?

ड्रग्स डटकमका अनुसार पारासिटामोल एक एनाल्जेसिक र एन्टिपाइरेटिक औषधि हो, जुन अस्थायी रूपमा हल्कादेखि मध्यम दुखाइ र ज्वरो कम गर्न प्रयोग गरिन्छ । पारासिटामोल ठ्याक्कै एसिटामिनोफेन (टाइलेनोल) जस्तै औषधि हो ।

पारासिटामोल अन्तर्राष्ट्रिय गैरप्रोप्राइटरी नेम (आईएनएन) जेनेरिक नाम प्रणाली प्रयोग गरी तोकिएको औषधिको नाम हो । पारासिटामोल युरोप, अस्ट्रेलिया, न्युजिल्याण्ड, नेपाल र भारत जस्ता देशमा औषधिको लागि प्रयोग हुने नाम हो । सिटामोललाई अमेरिका, क्यानडा र जापानमा एसिटामिनोफेन भन्ने गरिन्छ ।

कुनै पनि औषधि आफूखुसी खान हुँदैन 

यस्ता थुप्रै औषधि हुन्छन्, जो औषधि पसलमा गएपछि सजिलै किन्न पाइन्छ । अर्थात् यस्तो औषधिका लागि चिकित्सकको प्रेस्क्रिप्सन खोजिंदैन । जस्तो, झाडापखाला लागेको बेला मान्छेले मेट्रोन किनेर खान्छन्, रुघाखोकी लागेमा कफ सिरफ किनेर खाइदिन्छन् । तर यसरी खाँदा कति मात्रामा कसरी खाने भन्ने जानकारी हुँदैन । यही कारण यी औषधिहरुले नराम्रो असर पनि गर्न सक्ने चिकित्सक बताउँछन् ।

साझा खोज

साझा खोज

Next Post
केरा खेतीले चन्द्र बदलिए, गाउँ पनि बदलियो

केरा खेतीले चन्द्र बदलिए, गाउँ पनि बदलियो

‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार

‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.