Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

केरा खेतीले चन्द्र बदलिए, गाउँ पनि बदलियो

केरा खेतीको सफलताले समाजमा नायक बनेका छन् झापा गाउँपालिका–३ रंगपुरका युवक चन्द्रप्रसाद बस्नेत । एउटा युवाले आँट्यो भने आफनो मात्रै होइन, गाउँको परिचय कसरी बदल्न सक्छ भन्ने उदाहरण हुन् उनी ।


केरा खेतीले चन्द्र बदलिए, गाउँ पनि बदलियो

झापा । ३० वर्षे किशोर केरा खेतीको तालिम लिन झापाबाट इजरायल पुग्छ । एक वर्ष तालिम लिएर फर्केपछि गाउँमा केरा खेती सुरु गर्छ । उसकै प्रोत्साहनबाट अरुले पनि केरा खेती सुरु गर्छन् र सिंगै गाउँपालिकाले ‘केरा ब्लक’ को रुपमा नयाँ परिचय पाउँछ ।

यो सफलताको कथाको नायक बनेका छन् झापा गाउँपालिका–३ रंगपुरका युवक चन्द्रप्रसाद बस्नेत । एउटा युवाले आँट्यो भने गाउँको परिचय कसरी बदल्न सक्छ भन्ने एक उदाहरण हुन् उनी ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गा बजारबाट दक्षिण लागेपछि पुगिन्छ झापा गाउँपालिकाको रंगपुर गाउँ । त्यही गाउँका एक सदस्य हुन् चन्द्रप्रसाद । अहिले ३४ बसन्त पार गरेका उनी त्यहाँका अगुवा किसान हुन् । झापा गाउँपालिकामा व्यवसायिक केरा खेती सुरु गर्ने उनी पहिलो व्यक्ति हुन् ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट भन्छन्, ‘चन्द्रले भन्दा अगाडिसम्म झापा गाउँपालिकामा व्यवसायिक रुपमा केरा खेती भएको थिएन, पछि उहाँलाई अनुसरण गर्दै अरु धेरै किसानहरु पनि केरा खेतीमा लाग्नुभयो ।’ अहिले रंगपुर गाउँमा मात्रै झण्डै २ सय हेक्टर हाराहारीमा केरा खेती भइरहेको विष्टले जानकारी दिए ।

गत वर्ष रंगपुर गाउँलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केरा ब्लक क्षेत्र घोषणा गरियो । अहिले कृषि ज्ञान केन्द्र झापाले त्यहाँका किसानहरुको आवश्यकताको आधारमा विभिन्न सहयोग गर्दै आएको विष्टले जानकारी दिए ।

इजरायलको सिपले मालामाल

२०७४/०७५ मा साना किसान विकास लघुवित्त वित्तीय संस्था र इजरायल सरकारबीच भएको सम्झौताअनुसार ‘लर्न एण्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रम अन्तर्गत टाघनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थाबाट तालिम लिन उनी इजरायल गए । इजरायलबाट फर्किएपछि चन्द्रले २०७६ सालमा एग्री सेन्टर झापा नामको कम्पनी दर्ता गरेर केरा खेती सुरु गरे ।

इजरायलबाट फर्किनासाथ सुरुमा चन्द्रले घर वरपरको १० कठ्ठा धान खेत मासेर एक हजार बोट केरा रोपे । त्यसलाई बिस्तार गर्दै अहिले २५ बिघामा पुर्‍याएका छन् । केरा खेतीका लागि उनले थोरै जग्गा आफ्नो र धेरै भाडामा लिएका छन् । भाडामा लिने बेलामा खोला–नदी किनारका बगर बसेका बाँझा जग्गा उनले रोजे । किनभने त्यस्ता जग्गा तुलनात्मक रुपमा सस्तोमा पाइन्थ्यो । ती जग्गामा अहिले उनी हजारौं घरी केरा फलाउन सफल भएका छन् ।

‘वर्षमा लगभग ५० हजार घरी केरा उत्पादन हुन्छ । अहिलेसम्म राम्रै कमाइ भइरहेको छ,’ चन्द्र भन्छन्, ‘लकडाउनको बेला पनि समस्या भएन ।’ धान, मकै र अन्य अन्न बालीको तुलनामा केरा खेती बढी लाभदायक भएकाले यसै वर्षदेखि थप २० बिघामा खेती बिस्तार गर्न लागेको उनले सुनाए ।

उनले विलिअम हाइब्रिड, मालभोग, जी नाइनका साथै रातो केरा खेती गरेका छन् । ती केराको मुख्य बजार काठमाडौं हो । त्यो सँगै बिर्तामोड, दमक, सुरुङ्गा र इटहरीका व्यापारीहरुले पनि उनीसँग केरा किन्छन् । ‘अहिलेसम्म बजारको दुःख छैन, जति उत्पादन गरे पनि खपत गर्न सकिन्छ भन्ने लागेको छ,’ बस्नेतले भने ।

बिरुवासँगै निःशुल्क बाँड्छन् सीप

झापामा पहिलोपटक इजरायली प्रविधिबाट केरा खेतीको सुरुवात गर्ने उनै चन्द्र थिए । अहिले उनी केरा खेतीमा सक्रिय उदाहरणीय युवा किसानको रुपमा चिनिएका छन् । उनले आफूलेमात्रै केरा खेती गरेका छैनन् गाउँकै अन्यलाई पनि केरा खेतीमा लगाएका छन् । आफूले जानेको सिप बाँडेका छन् । कुनै समस्या आइपरे समाधान गर्न सहयोग गरेका छन् ।

किसानहरुलाई केरा खेतीमा प्रेरित गर्न आफैंले बेर्ना उत्पादन गरेर निःशुल्क बाँड्दै आएका छन् । बेर्ना पुर्‍याउन आफैं पुग्छन् र रोप्न सिकाएर फर्किन्छन् । केरामा कुनै रोग लाग्यो भने औषधि सिफारिस गर्छन् । उनी भन्छन्, ‘म मात्र आत्मनिर्भर भएर भएन, गाउँका सबै आत्मनिर्भर भए पो आर्थिक समृद्धिमा सघाउ पुग्छ ।’

सुरुमा केरा खेतीका लागि कन्भिन्स गर्न गाह्रो भए पनि अहिले धेरै मानिस आफैं केरा खेती गर्ने चाहना राखेर सल्लाह सुझाव लिन आउने गरेको उनी बताउँछन् । ‘पछि बिस्तारै बुझ्दै जानुभयो र अहिले मलाई पछ्याउँदै झापा गाउँपालिकामा केरा खेतीमा लागेका किसानहरु २० जना जति पुग्नुभएको छ,’ चन्द्र भन्छन्, ‘उहाँहरुले पनि केरा खेतीबाट कमाइरहेको देख्दा आनन्द लाग्छ ।’

चन्द्रप्रसादकै प्रेरणाबाट झापा गाउँपालिका ३ मा केरा खेती गर्नेमध्येकी एक हुन् संविधानसभा सदस्य पूजा खनाल । अहिले आफूले सात बिघा जग्गामा केरा खेती गरेको खनालले बताइन् । ‘चन्द्र इजरायलमै हुँदादेखि नै केरा खेती गर्नुपर्छ है दिदी भन्नुहुन्थ्यो, उहाँ फर्किएपछि उहाँको साथ, सहयोग, सल्लाह र प्रेरणाले मैले पनि सुरु गरें,’ खनालले भनिन्, ‘म पनि विस्तार गर्ने सोचमा छु ।’

उनका अनुसार, विदेशबाट फर्किएका युवाहरु पनि अहिले केरा खेतीमा रमेका छन् । ‘यहाँका सन्थाल, उराव र अरु समुदायका युवाहरु पनि अब विदेश नजाने, गाउँमै काम गर्ने भनेर केरा खेतीमा एकदमै आकर्षित हुनु भएको छ,’ खनालले भनिन्, ‘यहाँ अहिले साँच्चिकै कृषि क्रान्ति भएको छ ।’

चन्द्रप्रसादको बारेमा थाहा पाएकाहरु थप जान्न र बुझ्न टाढा–टाढाबाट पनि रंगपुर आइपुग्छन् । तिनैमध्येका एक हुन् ताप्लेजुङको फक्तालुङ गाउँपालिका–१ सावादिनका चक्रबहादुर दाहाल । उनले भने, ‘म धेरै ठाउँमा घुमें तर रोगप्रतिरोधी उन्नत जातका केराका बिरुवा यहाँ पाएँ । उहाँको मिहिनेत लोभ लाग्दो छ ।’

आधुनिक प्रविधि, स्थानीय जनशक्ति

केरा खेतीमा आधुनिक प्रविधि र स्थानीय जनशक्ति प्रयोग गरेको उनी बताउँछन् । खनजोत, गोडमेल, सिंचाइ लगायतका काममा प्रविधि प्रयोग गरिए पनि अन्य काम मानिसहरुबाटै गराउँदै आएको उनले बताए ।

काम गर्न आउनेहरुलाई जिम्मेवारी निश्चित भए पनि काम गर्ने निश्चित समय तोकिएको छैन । जसले जुन समयमा आएर, जति काम गरे पनि हुन्छ । कामदारहरुका लागि  हाजिरीको व्यवस्था गरिएको छ । काम गर्न आउँदा र काम गरेर फर्किंदा हाजिरी अनिवार्य छ । कामदारहरूलाई घण्टाको आधारमा भुक्तानी गर्ने गरेको चन्द्रले बताए ।

‘घण्टाको आधारमा सिपालु कामदारलाई अरुभन्दा २०–५० रुपैयाँ बढी, सामान्यलाई त्योभन्दा कम गरेर ज्याला दिने गरेको छु,’ उनले भने ।

अरु कामदारहरुसँगै बराबरजस्तो काममा खटिन्छन् उनी । ‘उनीहरुसँगै बस्ने, उनीहरुसँगै खाने गर्दै सँगसँगै काम गर्छु,’ उनी भन्छन्, ‘दबाबमा राखेर होइन, हाँस्दै खेल्दै पारिवारिक वातावरणमा काम गर्दा गराउँदा अझ राम्रो हुने मेरो अनुभव छ ।’

जैविक विषादी र मलको प्रयोग, बजारीकरणको पनि जिम्मा

केरा खेतीमा मल र विषादी जैविक मात्रै प्रयोग गर्ने गरेको उनी बताउँछन् । केरामा राख्ने कम्पोष्ट मल बनाउन बारीभित्र पक्की संरचना बनाएका छन् । केराका पुराना बोट, पात पतिंगर त्यही खाल्डोमा पुरेर मल बनाउँछन् र प्रयोग गर्छन् । त्यसले नपुगे थप कम्पोष्ट मल किन्ने गरेको उनले बताए ।

घर नजिकैको बजारमा मल, बिउबिजन र केरा खेतीका लागि आवश्यक पर्ने जैविक विषादीको पसल पनि छ उनको । तर त्यहाँ नगद कारोबार अनिवार्य छैन । स्थानीय किसानले आफूले उत्पादन गरेको केरा दिएर पनि आवश्यक पर्ने मल, बिउ वा जैविक विषादी लैजान पाउँछन् । तर, उनको सर्त छ, त्यस्तो केरा जैविक विषादी बाहेक अन्य विष प्रयोग गरेको हुनुहुँदैन ।

थोरै जग्गामा खेती गरेका किसानहरुले फलाएको केरा बजारसम्म पुर्‍याएर बेचिदिने जिम्मा पनि उनैले लिएका छन् । ‘ठूला व्यापारीहरु सकेसम्म एकै ठाउँबाट धेरै केरा उठाउन चाहान्छन्, त्यसो हुँदा थोरै मात्र उत्पादन गर्नेहरुको नबिक्ने जोखिम हुन्छ, त्यसैले त्यस्ता साना किसानहरुको उत्पादन खेर नजाओस् भनेर मैले फलाएको केरामै मिसाएर बजारमा पठाइदिन्छु,’ चन्द्रप्रसाद भन्छन्, ‘अनि ढुवानी खर्च कटाएर उहाँहरुको पैसा दिन्छु ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट सहयोग

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार, हाल झापा जिल्लामा २२ सय हेक्टर जग्गामा व्यवसायिक केरा खेती हुँदै आएको छ । बाह्रदशी गाउँपालिकाको वडा नम्बर ७, झापा गाउँपालिकाको वडा नम्बर ३ र कचनकवल गाउँपालिकाको वडा नम्बर ४ मा व्यवसायिक केरा खेती छ । गौरादह नगरपालिकामा केरा खेती भएपनि अन्यत्रको जस्तो धेरै क्षेत्रफलमा नभएको विष्ट बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरणको ब्लक कार्यक्रमबाट सहयोग गरेका छौं । त्यसमा चालु भन्दा पुँजीगत खालको खर्चमा सहयोग बढी गरेको विष्टले बताए । ‘गाउँका किसानहरुले निर्णय गरेर जे सहयोग आवश्यक छ, त्यो माग्नु हुन्छ र हामी उपलब्ध गराउँछौं,’ विष्टले भने, ‘सिंचाइको व्यवस्था र केरा ढुवानीका लागि आवश्यक पर्ने साधनमा ५० प्रतिशत अनुदान उपलब्ध गराएका छौं ।’

साझा खोज

साझा खोज

Next Post
‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार

‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.