Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

८० मिटर घटाउन अर्घाखाँची सिमेन्टलाई पुनः पत्राचार


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ४ महिना पुग्न लाग्यो । तर, यो विमानस्थलको सुरक्षामा मुख्य अवरोधक भनिएको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीको उचाइ अझै घटाइएको छैन ।

यसले विमानस्थलमा उडान भर्ने विमानहरुको सुरक्षामा गम्भीर जोखिम र त्यसबारेको चासोहरु निम्त्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष छ ।

भैरहवा विमानस्थलको रन-वे पूर्व-पश्चिम फैलिएको छ । विमानस्थलको उत्तरतर्फ अर्घाखाँची सिमेन्टको चिम्नी छ । यो चिम्नी सिमेन्टको प्लान्ट तताउने भट्टी हो ।

यो रन-वे बाट करिब करिब ३२ सय मिटरको दूरीमा मात्रै छ । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार विमानस्थल रनवेको करिब ४ हजारमिटर क्षेत्रमा ४५ मिटरभन्दा अग्ला संरचना रहनु हुँदैन ।

प्राधिकरणका अधिकारीहरु भैरहवामा जजिराबाहेक अन्य एयरलाइन्सले चासो नदिनुमा अर्घाखाँची सिमेन्ट प्रालिको चिम्नी पनि एक कारण रुपमा रहेको बताउँछन् ।

‘वायुसेवा कम्पनीका लागि मुख्य प्राथमिकता बजार मात्रै हैन, हुवाई सुरक्षा पनि हो,’ प्राधिकरणका एक अधिकारी भन्छन्,’विमानस्थलसँगै ठडिएको यो चिम्नीले विमानस्थलको सुरक्षामाथि प्रश्न र संशय खडा गरेको छ, यसले गर्दा पनि वायुसेवा कम्पनी चासो देखाएर पनि पछि हटिरहेका छन् ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री अर्घाखाँचीको चिम्नी विमानस्थलको ‘अब्सटेकल’ भएको बताउँछन् । चिम्नीका कारण विमानस्थलमा उडान नै हुन नसक्ने अवस्था नरहेपनि हटाउनुपर्ने उनको भनाइ छ ।

‘कहिले काँही मौसममा कारण समस्या पर्न सक्छ, विमान डाइभर्ट गर्नुपर्ने हुनसक्छ, आकस्मिक अवस्थामा यो चिम्नीले जोखिम ल्याउनसक्ने भन्ने चिन्ता हो,’ उनी भन्छन्,’यस्तो अब्सटेकललाई हटाउनुपर्छ ।यसअघि पनि पटक-पटकको छलफलमा उद्योग सञ्चालकलाई चिम्नीको उचाइ घटाउन भनिएको स्मरण गर्दै उनी उद्योगीले विकल्प सोचेर हटाउने विश्वास व्यक्त गर्छन् ।

आईकाओसम्मको चासोको विषय

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई लक्षित गरी कुवेतबाहेकका अन्य खाडी मुलुकबाट हुनसक्ने थप उडान सुरु नहुनुमा यो पनि एउटा मुख्य कारण भएको ती अधिकारीको भनाइ छ । अहिले यो विमानस्थलमा कुवेतबाट जजिरा एयरलाइन्सले प्रत्येक शनिबार, सोमबार र बुधबार मात्रै अन्तर्राष्ट्रिय उडान भरिरहेको छ ।

अरु २५ भन्दा बढी वायुसेवा कम्पनीले विमानस्थलमा उडान भर्नेबारे चासो व्यक्त गरेका थिए । तर, कुनै पनि एयरलाइन्सले विमानस्थलमा उडान भर्ने अनुमति लिएका छैनन् ।

विमानस्थलले वायुसेाव कम्पनीलाई तान्न ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिएको छ । विमान कम्पनीले यस्तो छुटबाट एक उडानमा करिब एक लाख रुपैयाँ सहुलियत पाउन सक्छन् ।

गौतमवुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गरिरहेको नेपाल एयरलाइन्सले सेवा शुल्कमा ५० प्रतिशत छुट दिएको छ । यसबाट विमान कम्पनीहरुले प्रतिउडान करिब डेढ लाख बचाउन सक्छन् । तर, सम्भाव्य क्षेत्रबाट यस्तो सुविधा लिन वायुसेवा कम्पनीले चासो नदिनुमा सुरक्षामा रहेको जोखिम पनि कारणका रुपमा रहेको उड्डयन अधिकारीहरु बताउँछन् ।

विमानस्थल क्षेत्रबाट देखिएको सिमेन्ट र इँटा उद्योगको चिम्नी   । तस्वीर : आर्यन धिमाल

‘विमानस्थलको साँधकै अग्लो चिम्नीले सुरक्षाको पक्षमा समस्या खडा गरेको भएरै पटक-पटक पत्र लेख्यौं र चिम्नीको उचाइ घटाउन भन्यौं,’ प्राधिकरणका एक अधिकारी भन्छन्,’तर, कम्पनीले टेरपुच्छर लगाएको छैन ।’

प्राधिकरणले १० चैत २०७५मा नै उद्योगलाई चिम्नीको उचाय घटाउन निर्देशन दिंदै पत्र काटेको थियो । प्रतिक्रिया नदिएपछि १७ असार २०७६मा ताकेतापत्र काटेको थियो ।

विमानस्थलका महाप्रवन्धक गोबिन्द दाहाल अर्घाखाँची सिमेन्ट उद्योगलाई हालसालै पनि पत्र काटेर चिम्नीको उचाइ घटाउन निर्देशन दिइएको बताउँछन् । ‘विमानस्थल आसपास केही इँटा भट्टाका चिम्नी पनि छन्,’ उनले भने,’ती चिम्नी सुरक्षामा बाधक छैनन्, अर्घाखाँची सिमेन्टको चिम्नीले भने समस्या गर्ने ददेखिएकाले त्यसको उचाइलाई तत्काल घटाउन पत्र काटेका हौं ।’

यो चिम्नी १ सय २४ मिटर अग्लो हो । विमानस्थलको फ्लाइट रुट डिजाइनमा समेत यो चिम्नी बाधक छ । यसअघि पनि नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजनाले चिम्नीको उचाइ घटाउन निर्देशन दिंदै पटक-पटक पत्र काटेको थियो ।

प्राधिकरणको महानिर्देशकस्तरबाटै सो चिम्नीको उचाइ  घटाउन लगाउने निर्णय भइसकेको छ । त्यसबारे जानकारी गराउँदा पनि उद्योगले चासो भने नदिएको उड्डयन अधिकारीहरुको गुनासो छ ।

यो चिम्नीबारे प्राधिकरणको प्राविधिक टोलीले स्थलगत अध्ययन समेत गरेर प्रतिवेदन बनाएको थियो । यो चिम्नी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डअनुसार सुरक्षामा चुनौती थप्ने मुख्य कारक बनेको छ । अध्ययन प्रतिवेदनले निर्क्योल गरेका प्राविधिक अवस्था र चुनोतीबारे उद्योगीसँग नै प्राधिकरणले छलफल गरेको थियो ।

यो चिम्नीका कारण भारतबाट भैरहवाका्र विन्दुमा हवाई रुट लिन समेत समस्या पर्ने अवस्था छ । चिम्नी नहटेमा प्रस्तावित रुटको लम्बाइ बढ्नेछ । घुमाउरो रुट तय गर्नुपरे त्यसले विमानको सञ्चालन खर्च महँगिएर विमानस्थलमा उडान निरुत्साहित हुने जोखिम हुन्छ ।

विमानस्थलसँगै भएकाले हवाई सुरक्षामा गम्भीर जोखिम निम्त्याउने देखेरै हटाउन पहल गर्दा उद्योगको बेवास्ताले समस्या परेको अधिकारीहरु बताउँछन् । ‘यो त विमानहरुका लागि पासो बन्नसक्ने संरचना हो,’ ती अधिकारी भन्छन्,’जुनसुकै हालतमा यो संरचना हटाउनुपर्छ,  यो आईकाओसम्मको चासोको विषय हो । ‘

उद्योगको तर्क के छ ? 

तर, चिम्नीबारे अनलाइनखबरसँग अर्घाखाँची सिमेन्ट प्रालिले प्रतिक्रिया दिन चाहेन । अनलाइनखबरले कम्पनीका सञ्चालक राजेश अग्रवालसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

उद्योगले भने विगतमा सरकारको स्वीकृतिमा उद्योग बनेको र चिम्नीको उचाइ घटाएमा उत्पादन क्षमता घटाउनुपर्ने भएकाले क्षति पुग्ने तर्क गर्दै आएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

२२ असार २०७६मा सिमेन्ट उद्योगले प्राधिकरणलाई पत्र लेखेर रुट डिजाइन तथा उडान र अवतरणमा चिम्नीले समस्या खडा नगन दावी गरेको थियो । उद्योगमा १० अर्ब लगानी गरेको उल्लेख गर्दै आफूले पनि यसबारे अध्ययन गरेको उसको जवाफ थियो ।

‘उद्योगमा भएको लगानीको सुरक्षा र अन्तर्राष्ट्रिय विमानस्थल निर्वाध रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनी उद्योगका तर्फबाट हवाई उडान विधिका विज्ञ नियुक्ति गरी अध्ययन गरिएको छ,’ पत्रमा भनिएको थियो, ‘विज्ञबाट प्राप्त सुझावका आधारमा उद्योग र विमानस्थल दवबै निर्वाध रुपमा सञ्चालन हुने गरी उडान तथा अवतरण रुट तथा डिजाइन विधि अवलम्बन गर्न सकिने हुँदा सोअनुसार उडान-अवरतण विधिको डिजाइन हुने अनुरोध छ ।’

साझा खोज

साझा खोज

Next Post
‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.