Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

धेरै जनाले माहुतेले हात्तीलाई नराम्ररी कुट्छन्, नराम्रो व्यवहार गर्छन् भन्छन् । तर तपाईं सोच्नुस् त, अलिअलि नपिट्ने हो भने त्यत्रो जनावर कसरी नियन्त्रणमा आउँछ ? हात्तीलाई ‘कन्ट्रोल’ गर्न सकिएन भने उनीहरूलाई प्रयोग गर्न सम्भव होला ? यो घरपालुवा गाईबस्तु जस्तो होइन नि !


‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

चितवनमा राखिएको बँधुवा हात्ती काजलकलीको मृत्यु जसरी भयो, त्यो उसप्रतिको अन्याय हो । काजलकलीलाई भारतबाट किनेर आर्थिक आर्जन गराउने हिसाबले नेपाल ल्याइएको थियो । केही वर्ष उसलाई जंगल सफारीमा प्रयोग गरिएपछि काम गर्न नसक्ने भयो । हामीले यसका मालिकलाई यस हात्तीले अब काम गर्न सक्दैन भनेका थियौं ।

त्यसपछि मालिकले यसलाई भारतमा बिक्री गर्ने तयारी गरेका थिए । तर दुई वर्षअघि नेपालको सर्वोच्च अदालतले पालुवा हात्तीलाई बिक्री गर्न नमिल्ने आदेश दियो । अदालतको यस्तो आदेश भए पनि मालिकले काजलकलीलाई पटक–पटक बेच्ने प्रयास गरे, तर त्यो सम्भव भएन । एकपटक प्रहरीसम्म पनि यो कुरा पुग्यो ।

कतिसम्म भने मालिकले काजलकलीलाई भारतमा बिक्री गर्न वीरगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा पुर्‍याएका थिए । तर, प्रहरीले थाहा पाएर फिर्ता ल्यायो । यतिञ्जेलसम्म हात्ती बुढो पनि भइसकेको, दाँत पनि खिइसकेको थियो । मर्ने अवस्थामा उसलाई टिबी पनि भएको थियो । त्यही क्रममा काजलकलीको मृत्यु भएको हो ।

झट्ट हेर्दा हेरचाह नपुगे जस्तो देखिए पनि खासमा काजलकलीलाई बचाउन सकिने अवस्था नै थिएन । जति नै रेखदेख भएको भए पनि ऊ बाँच्न सक्ने अवस्था थिएन । बचाउन सम्भव हुन्छ कि भनेर प्रयास गरिए पनि त्यो सफल भएन ।

तर, यसलाई लिएर विदेशी र जनावर अधिकारकर्मीहरूले ठूलो इस्यू बनाउन खोजे । यसलाई प्रोपोगाण्डा बनाएर फैलाउन खोजियो । यसमा उनीहरूको पनि स्वार्थ देखिन्छ । उनीहरूले यहाँ आएर तस्वीर खिचेर सामाजिक सञ्जाल र बाहिरतिर पठाउँछन् । खासमा यो उनीहरूको पनि डलर ल्याउने उपाय हो । उनीहरू यही तस्वीर देखाएर डलरमा पैसा उठाउँछन्, तर यहाँ एकदमै न्यून मात्र पठाउँछन् ।

उनीहरूको आरोप के छ भने हामीले पाल्न राखेका हात्तीको माया गरेनौं । तर जसरी घर, गाडी, जग्गा जस्ता चिजको महत्व हुन्छ, हात्ती हाम्रो लागि त्यस्तै हो । हात्ती हाम्रो आम्दानीको स्रोत हो । यो पनि हाम्रो सम्पत्ति हो । जसरी हामी घर, गाडीलाई एकदमै माया गरेर संरक्षण गरेर राख्छौं त्यही अनुसार हात्तीलाई पनि माया गरेर राख्छौं । चितवन यिनै हात्तीका कारण चितवन भनेर चिनिएको पनि हो ।

हामीले हात्तीबारे स्थानीय जनतालाई पनि सचेत र जागरुक गराइरहेका छौं । हात्तीबारे बुझाउन बर्सेनि हामी हात्ती महोत्सव गर्छौं । पहिले हात्ती पोलो पनि खेलाउँथ्यौं, तर बाहिरबाट प्रश्न उठ्यो भनेर हामीले रोकेका छौं । यदि हात्तीको माया नभएको भए, हात्ती संरक्षणबारे नबुझेको भए हामी किन रोक्थ्यौं होला र ? तपाईं आफैं सोच्नुस् त !

बरु हात्ती प्रवद्र्धनमा यत्रो काम गरिरहँदा पनि हामीलाई स्थानीय निकाय, सरकार वा कुनै पनि निकायको सहयोग छैन । कोरोनाभाइरसको महामारी चलेकै बेला सम्झौं न । त्यतिबेला हाम्रा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र घाँस चर्न जान पनि दिइएन । लामो समयसम्म पर्यटन शून्य थियो, माहुतेलाई पालिरह्यौं । हात्ती पालिरह्यौं ।

यस्तै स्थिति हुने हो भने निकुञ्जमा हात्तीको संख्या पनि घट्दै जान्छ । कोरोना महामारी अघि सहकारीमा ६५ वटा हात्ती थिए, अहिले ३२ वटा मात्र बाँकी छन् । यस्तै स्थितिले भोलि उनीहरू विस्थापित नहोलान् भन्न सकिन्न ।

२०५० सालमा चितवनमा बाढी आएका बेला यिनै हात्ती प्रयोग गरेर उद्धार कार्य भएको थियो । मानिसहरू हात्तीमा चढेर सुरक्षित स्थानतिर आएका थिए । यस्तो कुराहरू सबै जना बिर्सिन्छन् । हामीले नियमित रूपमा कर पनि तिरिरहेका हुन्छौं । तर, यो कुरा कसैलाई याद हुँदैन ।

हामीलाई गाली पनि गरिरहेका हुन्छन् । धेरैजनाले माहुतेले हात्तीलाई नराम्ररी कुट्छन्, नराम्रो व्यवहार गर्छन् भन्छन् । तर, तपाईं सोच्नुस् त, अलिअलि नपिट्ने हो भने त्यत्रो हात्ती कसरी नियन्त्रणमा आउँछ ? हात्तीलाई कन्ट्रोल गर्न सकिएन भने उनीहरूलाई प्रयोग गर्न सम्भव होला ? हात्तीहरू घरपालुवा गाईबस्तु जस्तो होइन नि ! खुला छाड्ने हो भने विध्वंस मच्चाउन सक्छन् ।

हुन त अहिले हामीले हात्तीलाई कसरी नियन्त्रणमा लिने भनेर सिकाउन माहुतेहरूलाई तालिम पनि दिइरहेका छौं । यसमा हात्तीलाई अरू विधिबाट कसरी नियन्त्रणमा लिने भनेर सिकाइरहेका छौं । जहाँसम्म हात्ती सफारीको कुरा छ, यो दीर्घकालीन हुँदैन भन्ने मलाई पनि थाहा छ । यो तत्काल घटाइहाल्न मिल्दैन । अहिलेलाई हात्ती चितवनको पर्यटनका लागि महत्वपूर्ण छ ।

तर, के गर्न सकिन्छ भने अहिले चार/पाँच जना राख्ने जुन चलन छ, त्यसलाई घटाएर एक/दुई जना मात्र चढाउन सकिन्छ । यसको भविष्यका लागि धेरै काम गर्नुपर्छ, सरकारको पनि सहयोग चाहिन्छ । यसका लागि सांसद सुरेन्द्र पाण्डेसँग पनि कुरा गरेको छु । मैले यो कुरा प्रधानमन्त्रीको तहसम्म पनि पुर्‍याएको छु ।

साझा खोज

साझा खोज

Next Post
मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी

चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.