Khoj
Monday, March 2, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

संजय विश्वकर्मा
लहान १० , फागुन । रामचन्द्र यादव जो नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति तथा सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्, यतिबेला उनि निरन्तर घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै उनले क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल र समर्थन जुटाउने कार्यलाई तीव्रता दिएका हुन्।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै यादवले घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन्। मतदाताको घर–घरमा पुगेर उनी जनताका समस्या, अपेक्षा र सुझाव सुन्दै आएका छन् भने आफ्नो प्रतिबद्धता पनि प्रस्तुत गरिरहेका छन्।
यादव यसअघि संविधान सभा सदस्यमा निर्वाचित भई जनताको पक्षमा निरन्तर आवाज उठाउने नेताका रूपमा परिचित छन् । लामो राजनीतिक अनुभव र जनतासँगको नजिकको सम्बन्धका कारण उनको राजनीतिक छवि सकारात्मक रहेको स्थानीय मतदाताहरू बताउँछन्। “उहाँ सधैं जनताको पक्षमा बोल्ने र काम गर्ने नेता हो, त्यसैले यसपटक पनि हाम्रो साथ उहाँलाई रहनेछ,” एक स्थानीय मतदाताले बताए।

उनको राजनीतिक यात्रा साविक फुलकहाकट्टी गाविसको अध्यक्षमा निर्वाचित भएसँगै औपचारिक रूपमा सुरु भएको हो। नेपाली काङ्ग्रेसबाटै राजनीतिक जीवन थालेका यादव पदमा हुँदा मात्र होइन, पदमा नहुँदा पनि जनताको सेवा र सहयोगमा सक्रिय रहँदै आएका छन्। यसै कारण उनी जनताको मन जित्न सफल नेताका रूपमा चिनिन्छन्।

यादवले आफ्नो चुनावी अभियानमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेका छन्। यी क्षेत्रमा सुधार ल्याउने स्पष्ट योजना र प्रतिबद्धताका साथ आफू उम्मेदवार बनेको उनका निकट स्रोतले जनाएको छ। “क्षेत्रको समग्र विकासका लागि आवश्यक योजना तयार पारिएको छ, जनताको विश्वासलाई विकासमार्फत नै पूरा गर्ने प्रतिबद्धता उहाँको छ,” स्रोतले भन्यो।

घरदैलो कार्यक्रमअन्तर्गत यादवले हिजो सिरहाको औरही गाउँपालिकाको पिप्रा र करहरवा तथा नवराजपुर गाउँपालिकाका विभिन्न टोलहरूमा पुगेर मतदातासँग भेटघाट गरेका थिए। सो क्रममा स्थानीयहरूले उनलाई स्वागत गर्दै समर्थन र मत दिने आश्वासन दिएका थिए। घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीले उनको विगतको कामप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छन्।

उम्मेदवार यादवका अनुसार सिरहा क्षेत्र नम्बर २ का अधिकांश टोलमा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा पनि कार्यक्रम जारी रहनेछ। उनले घरदैलोका क्रममा जनताबाट सकारात्मक प्रतिक्रिया र उत्साहजनक समर्थन प्राप्त भइरहेको बताए।
जिल्ला सभापतिको हैसियतले यादव आफ्नो निर्वाचन क्षेत्रसँगै सिरहाका चारवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरूको पक्षमा मत माग्न समेत सक्रिय छन्। उनले नेपाली काङ्ग्रेसलाई विजयी गराउन पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
घरदैलो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै यादवले आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाइरहेका छन्। आगामी निर्वाचनमा मतदाताको विश्वास जित्नेमा उनी आशावादी देखिएका छन्।

साझा खोज

साझा खोज

Next Post
अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिता पालना गर्दै काङ्ग्रेस, होली मिलन कार्यक्रम स्थगित

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

सिरहा : प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरिएको दाबी गर्दै पत्रकार सम्मेलन

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

घरदैलो कार्यक्रममा उम्मेदवार रामसुन्दर चौधरीको सक्रियता, मतदाताबाट सकारात्मक साथ

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

अन्तिम परिणाम घोषणा नभएसम्म आजदेखि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

यादवको घरदैलो कार्यक्रम निरन्तर, मतदाताको विश्वास जित्नमा उनि आशावादी

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

मतदान केन्द्र सरिएको विषयमा औरहीमा विवाद, हरकट्टीमा मतदान केन्द्र कायम गर्न माग

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.