संजय विश्वकर्मा
लहान ०९, बैशाख । सिरहाको लहान नगरपालिका वडा नं.– १५ स्थित रहेको बानो टोलमा शनिवार होमस्टेको समुदघाटन गरिएको छ । नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा विधिवत रुपमा होमस्टेको समुदघाटन गरिएको हो ।
१०८ घर थारु समुदाय रहेको बानो टोलको ११ घरधुरीमा होमस्टे सेवा संचालनमा ल्याईएको छ । पर्यटकको आकर्षण केन्द्र बन्दै गईरहेको बानो टोल भन्दा करिब २ किलोमिटर उत्तरतर्फ सामुदायिक बन छ । उक्त बन भित्र भौवाई खोल्सी/गोसाँई ताल छन् । गोसाँई तालको पौराणिक ऐतिहासिक तथा धार्मिक मुल्य /मान्यता रहेकोले दैनिकरुपमा आन्तरीक पर्यटकहरु भित्रिने गरेको बानो गाउँ थारु सामुदायीक होमस्टे लहान न.पा.– १५ बानोका अध्यक्ष लक्ष्मैन चौधरीले बताईन् ।

सानो फोवाताल जस्तो देखिने गोसाँई तालमा प्रत्येक बर्ष माघे संक्रान्तिका दिन मेला लाग्ने गर्दछ । प्रत्येक बर्ष आसर महिनामा पाँच जना कुमारी चेलीहरुलाई स्थानीयबासीहरुले पुजाआजा/सम्मन गर्ने परम्पार रहेको छ । पौराणिक मान्यता अनुसार चेलीलाई पुजापाठ गर्ने परम्परले खडे्री नहुने जनविश्वास रहेको वडा अध्यक्ष तेज नारायण चौधरीले बताए ।
‘होमस्टेमा स्थानीय आग्रयानिक खानाको परिकार सहित घर– घरमा खाने, बास बस्ने व्यवस्था गरिएको छ,’ चौधरीले भने ‘ होमस्टेमा भुमिपुत्र थारु समुदायको स्थानीय गाउँघरको कला संस्कृती हेर्ने अवसर छ । करिब ढाई बिघा सामुदायिक बन अन्तर्गत पर्ने झौवाई खोल्सी गोसाँई तालको बिचमा मन्दिर निर्माण गर्न यस चालु आर्थिक बर्षमा लहान नगरपालिकाले १० लाख बजेट बिनियोजन गरि काम अगाडी बढाईएको छ ।

बाह्रै महिना पानि जम्ने तालमा पर्यटकहरुलाई रमाईलो गर्न बोटीङ्गको समेत व्यवस्था गरिएको छ । पार्क, पिकनिक स्पोट लगायतको सुविधा समेत दिएको छ । गोसाँई तालको वरिपरी मयुर, बाँदर, दुम्बसी, मिर्ग लगायतका चरा जनावरहरु हेर्न पाईन्छ ।
व्यापार, पर्यटन, रोजगार र थारु समुदायको पहिचान, कला, र संस्कृतिको जर्गेना गर्न होमस्टे संचालनमा ल्याईएको स्थानीय अगुवा तथा युवा नेता आनन्द चौधरीले बताउनुभयो । स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको प्रयोगबाट तयार गरिएको खानाको स्वाद लिन उनले सबैमा आग्रह गरे ।

यसैबिच होमस्टेमा आएका अतिथिहरुलाई स्वागत गर्न सामुदायीक भवन निर्माणका लागि लहान नगरपालिकाले ३५ लाख विनियोजन गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख महेश प्रसाद चौधरीले उक्त भवनको शिलानास समेत गरेका छन् । भवन चालु आर्थिक बर्ष भित्रै निर्माण हुनेछ । २ कठ्ठा क्षेत्रफलमा रहेको सामुदायीक भवनका लागि तिन जनाले जग्गा दान गरेका छन् । जग्गादातालाई नगर प्रमुख चौधरी गम्छा ओढाई सम्मान गरेका थिए ।

मधेश प्रदेशमै पहिलो होमस्टे बानोमा रहेको नगर प्रमुख चौधरीले बताए । ‘हामी नमुना होमस्टे बनाउने सोचमा छौं,’ प्रमुख चौधरीले भने ‘वडा नं. १५ मा राजदेवी माताको चर्चित धार्मिक स्थान लगायत पर्यटक क्षेत्रको रुपमा परिचित हात्तीदह सिमसार क्षेत्र रहेकोले यहाँ होमस्टेको प्रचुर सम्भावना रहेको छ ।’
कार्यक्रममा उप –प्रमुख रामचलितर महतो, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख, नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादव, पूर्व सभापति दिनेश्वर प्रसाद गुप्ता लगायत विभिन्न मिडियाका दर्जनौ संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बानो गाउँ थारु सामुदायिक होमस्टे लहान न.पा.– १५ बानो सिरहामा पाल्नु हुने पहुना वा पर्यटकहरुको लागि आचार संहिता
१. होमस्टेमा उपलध हुन नसक्ने खाना, पेय पदार्थ र सुविधाबारे संचालकलाई दबाब दिन पाइने छैन ।
२. होमस्टे र छिमेकीलाई असर पर्ने गरी होहल्ला गर्न पाइने छैन ।
३.होमस्टेमा गरिने गतिविधि सांगीतिक कृयाकलाप बेलुकी १० ः०० बजे भन्दा पछि गर्न पाईने छैन ।
४. होमस्टे संचालकको क्षमताबाहिरको सेवा सुविधा माग गर्न पाईने छैन ।
५. सामाजिक मुल्य मान्यता, धर्म, संस्कृतिको दृष्टी नपच्ने व्यवहार, गतिविधी , यौनजन्य हिंसा गर्न पाईने छैन ।
६. स्थानीय समुदायको रितिरिवाजलाई सम्मान गर्नु पर्नेछ र समुदायमा सहज हुने कपडाहरु लगाउनु पर्नेछ ।
७. अनैतिक र गैर कानुनी क्रियाकलाप गर्न समुदायलाई दवाव दिनु हुँदैन ।
८.कुनै प्रकारका लठ्याउने जस्ता लागु पदार्थहरु प्रयोग गर्न र बिक्रि वितरण तथा ओसार पसार गर्न सख्त मनाही छ ।
९.जैविक विविधता र वातावरणीय परिस्थितिलाई सम्मान गर्नुहोस् ।
१०. हातहतियार जस्तै बन्दुक, बिस्पोटक पदार्थ बोक्न सख्त मनाही छ ।
११.होमस्टेमा बस्नेहरु अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात पेश गर्नु पर्नेछ । विदेशी पाहुनाहरुको हकमा नेपाल बसाई बाँकी भएको मान्य अवधि हेरि यसका लागि भिसा र पासवपोर्ट लाई आधार मानिनेछ ।












तपाईको ईमेल गोप्य राखिनेछ