Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित


मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

१० असोज, हान्झाउ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि चीनको हान्झाउमा जारी १९औं एसियाडमा नेपालले क्रिकेटमा कीर्तिमानी जितसहित सुखद सुरुआत गरेको छ ।

समूह ‘ए’अन्तर्गत जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

यस खेलमा नेपालले टिमतर्फ सर्वाधिक स्कोर र फराकिलो जित अनि व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकलगायतको कीर्तिमान बनाएको छ ।

यसअघि चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गरेको थियो । नेपालले दिएको ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको मंगोलियाका लागि दाभासुरेन जमयानसुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङमा करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुई/दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

कुशल  र दीपेन्द्रको कीर्तिमान

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको कीर्तिमानी शतक  र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी अर्धशतकमा नेपालले तीन विकेट गुमाएर ३१४ रन बनाएको थियो ।

यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध २७८ रन बनाएको थियो ।

नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।

यस्तै क्याप्टेन रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।

त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा  अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिंदै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले यसअघि युजराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।

७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।

समूह चरणको अर्को खेल नेपाल र माल्दिभ्सबीच १ अक्टोबरमा हुनेछ ।

साझा खोज

साझा खोज

Next Post
मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

संघीय निजामती ऐनको विरोध गर्दै लहानका कर्मचारी आन्दोलित

संघीय निजामती ऐनको विरोध गर्दै लहानका कर्मचारी आन्दोलित

संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै लहानका कर्मचारीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन

संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै लहानका कर्मचारीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन

सिसवनी टोलमा जितिया मेलाको तयारी पुरा, आज कलशयात्रा निकालियो

सिसवनी टोलमा जितिया मेलाको तयारी पुरा, आज कलशयात्रा निकालियो

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.