Khoj
Thursday, January 15, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहान : आँखा शिविरबाट हजारौं लाभान्वित

लहान : आँखा शिविरबाट हजारौं लाभान्वित

लहान १४, मंसिर । सिरहाको लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस अभियानबाट हालसम्म हजारौँ विपन्न नागरिक लाभान्वित भईसकेका छन् ।

आँखा जाँच शिविरबाट पहिचान भएका मोतियाविन्दुका बिरामीको नगरपालिकाले निःशुल्क उपचार सेवा सुनिश्चित गर्दै आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरिरहेको हो । सोही क्रममा हिजो आयोजित निःशुल्क आँखा जाँच शिविरबाट १७५ जनाले सेवा पाएका छन । लहान–२० र २१ मा सञ्चालित उक्त शिविरमा १७५ जनाले आँखा जाँच गराएका हुन ।आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार जाँच गरिएकामध्ये ५८ जनामा मोतियाविन्दु पत्ता लागेको छ । पहिचान भएका सबै बिरामीको निःशुल्क शल्यक्रियाका लागि नगरबसबाट सगरमाथा अस्पतालसम्म पुर्याउने  र ल्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

संयोजक यादवले भने, “आजको शिविरबाट मोतियाविन्दुका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका ५८ जना बिरामी पहिचान भएका छन् । उहाँहरूको सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क उपचार गरिनेछ । विपन्नका लागि रु पाँच हजारदेखि रु १० हजारसम्म खर्च लाग्ने शल्यक्रिया निःशुल्क हुँदा उहाँहरूमा नयाँ उत्साह थपिएको छ ।”लहान नगरपालिकाको २४ वटै वडामा तीन वर्षदेखि सञ्चालन गरिरहेको यस शिविरले विपन्न समुदायको आँखाको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याएको छ । शिविर संयोजक यादवले दिनुभएको हालसम्मको तथ्याङ्कअनुसार एक हजार ९०५ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सात हजार बिरामीलाई औषधि र तीन हजारलाई निःशुल्क चस्मा दिइएको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले विपन्न नागरिकको निःशुल्क आँखा जाँच र शल्यक्रियाका लागि नगरले हालसम्म रु २५ लाख खर्च गरेको जानकारी दिए । उनले आफ्नो कार्यकालमा आँखा रोगबाट पीडित कुनै पनि विपन्न समुदाय नरहने दाबी गर्दै यो वर्ष करिब एक हजार जनाको मोतियाविन्दुको निःशुल्क उपचार गर्ने योजना रहेको बताए ।

गाउँगाउँमा रहेका बिरामीको पहिचान गरी उपचार गर्ने नगरको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै नगरप्रमुख चौधरीले ‘दृष्टि नहुनेहरूका लागि लहान नगरपालिका सहारा बनेको’ बताए ।

लहान नगरपालिकाले थालेको यो प्रेरणादायी अभियान मधेस प्रदेशका अन्य स्थानीय तहमा समेत विस्तार भइरहेको छ । अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीका अनुसार लहान सहित सिरहा र सप्तरीका १७ वटा पालिकामा यस किसिमको शिविर तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ । लहान नगरपालिकाको यो कदमले अन्य पालिकालाई पनि विपन्नको स्वास्थ्य सेवामा लगानी गर्न प्रोत्साहन दिएको उनको भनाइ छ ।

साझा खोज

साझा खोज

Next Post
समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म  १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म  १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

एमबिबिएस पढाइका लागि पाँच बर्ष सम्म १० हजार मासिक सहयोग गर्ने विकास सारडाको घोषणा

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

घरविहीन सदाय परिवारका लागि लहान नगरपालिकाद्वारा घर निर्माणमा सहयोग

समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

समाजसेवाको सशक्त माध्यम दुखिलाई सहयोग गर्नु हो : प्रमुख चौधरी

लहान : आँखा शिविरबाट हजारौं लाभान्वित

लहान : आँखा शिविरबाट हजारौं लाभान्वित

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.